+
+

कोइरालाको उम्मेदवारी प्रजातन्त्रको सुन्दर अभ्यासः देउवा

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १४:५६

Sherbahadur deuwa, PM Election

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सुशील कोइरालाको उम्मेदवारी ‘प्रजातन्त्रको सुन्दर अभ्यास’ भएको बताएका छन् । कोइरालाको उम्मेदवारीले राष्ट्रिय एकता र सहमतिको वातावरण नबिगि्रने उनले दावी गरे ।

‘यो प्रजातान्त्रिक अभ्यास हो र यसलाई सामान्य रुपमा लिनुपर्छ । यो अभ्यासबाट नेपाल बलियो हुन्छ ।’ प्रधानमन्त्रीको उम्मेदवारीमा सुशील कोइरालालाई प्रस्ताव गर्दै देउवाले भने । उनले प्रधानमन्त्रीमा प्रतिस्पर्धा गरेता पनि राष्ट्रिय समस्याहरुमा सारा देश एक हुने बताए ।

संविधान जसले जारी गर्‍यो, उसैले कार्यान्वयन गर्नुपर्ने तर्क गर्दै देउवाले कोइरालाको उम्मेदवारी जायज रहेको दाबी गरे । नेपाली कांग्रेसले ००७ सालको क्रान्ति, ०४६ सालको आन्दोलन र ०६२-०६३ को आन्दोलनको सफल नेतृत्व गरेको भन्दै उनले पार्टीका लागि यो गौरवको विषय भएको उल्लेख गरे ।

‘यसैको निरन्तरता हो, अहिले जारी भएको संविधान पनि नेपाली कांग्रेसकै नेतृत्वमा भएको छ,’ उनले भने । उनले एमालेको समेत सहभागिता रहेको मन्त्रिपरिषदले संविधान संशोधन प्रस्ताव पास गरिसकेको भन्दै यसलाई तत्कालै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

रामचन्द्रले भने- आत्तिनुपर्दैन

त्यसैगरी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा उम्मेदवारी दिँदैमा नआत्तिन दलहरुलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीमा सुशील कोइरालाको उम्मेदवारीलाई समर्थन गर्दै पौडेलले चुनाव लोकतान्त्रिक अभ्यास भएको बताए । उनले भने-‘यो चुनावलाई आकास र्झन लागेको जस्तो अफवाह नरहोस् । यति ठूलो हौवा किन ?’

संविधानलाई सरकारसँग र लोकतन्त्रलाई सहमतिसँग जोड्न नहुने भन्दै पौडेलले भने-‘लोकतन्त्रलाई सहमतिलाई जोड्दा खिचडी तन्त्र हुन्छ । हामी खिचडी तन्त्रका लागि लडेका होइनौं । भाग शान्ति जय नेपाल राष्ट्रिय हित हुन सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?