+
+

स्पेनमा खुल्ला हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, जनप्रगतीशील मञ्च पहिलो

बार्सिलोना । बौद्धिक स्तरका लागि निकै उत्कृष्ट मानिने हाजिरीजवाफ प्रतियोगितामा नेपाली जनप्रगतिशील मञ्च स्पेन प्रथम भएको छ। स्पेनको नेपाली समुदाय माँझ आईतबार सम्पन्न भएको प्रतियोगितामा १० बटा समुह मध्ये मञ्च प्रथम भएको हो।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २६ गते १०:५९

spain-quizeवसन्त रानाभाट

बार्सिलोना । बौद्धिक स्तरका लागि निकै उत्कृष्ट मानिने हाजिरीजवाफ प्रतियोगितामा नेपाली जनप्रगतिशील मञ्च स्पेन प्रथम भएको छ। स्पेनको नेपाली समुदाय माँझ आईतबार सम्पन्न भएको प्रतियोगितामा १० बटा समुह मध्ये मञ्च प्रथम भएको हो।

प्रतियोगितामा कास्की सेवा समाज स्पेनले दोस्रो स्थान हासिल गर्न सफल भएको छ। बिजेता टिममा गोपाल रेग्मीको नेतृत्वमा अशोक किरण न्यौपाने र प्रकाश पौडेल सहभागी थिए। यस्तै उपबिजेतामा राजेन्द्र कडेल लिडर रहेको समुहबाट बलबहादुर कार्की र पुष्प केसी सहभागी बने।

चितवन समाज स्पेनले लगातार तेस्रो बर्ष आयोजना गरेको प्रतियोगितामा नेपाली जनप्रगतिशील मञ्च स्पेन, कास्की सेवा समाज, गैरआवासीय नेपाली संघ स्पेन, नेपाली जनसम्पर्क समिति, प्रबासी नेपाली मञ्च, पूर्बेली नेपाली एकता समाज, तमु समाज, नेपाली पाठशाला, स्याङ्जा सहयोग समाज र गल्कोट समाजले भाग लिएका थिए। प्रत्येक टिमबाट ३-३ जनाले सहभागिता जनाएको प्रतियोगितामा सामान्य ज्ञान सम्बन्धि सबै खाले प्रश्नहरु सोधिएको थियो ।

spain-quize-2यस्तै १२ बर्ष मुनिका बालबालिकाहरुलाई सहभागी गराउँदै, समाजले ३ वटा समुहमा बिभाजन गर्दै एक छुट्टै प्रतियोगिता सम्पन्न गर्यो, जसमा आजीव कार्की, स्तुति कटुवाल, सुजल भण्डारीको समुह प्रथम तथा दिनेश भण्डारी, प्रसिद्ध उपाध्याय संकल्प गौतमको समुहले दोस्रो स्थान हासिल गरेको थियो। स्पेन र नेपाल सम्बन्धि प्रश्नहरु बालबालिकाहरुलाई सोधिएको थियो।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य दीपक खरेलको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा स्पेनस्थित नेपाली संघ सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रह्यो। बिजेता, उपविजेताहरुलाई मेडल, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरियो भने सहभागी सबै जनालाई प्रमाणपत्र बितरण गर्दै हौसला प्रदान गरिएको थियो ।

समाजका अध्यक्ष प्रकाश तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए स्पेनकी उपाध्यक्ष जानुका रेग्मी खनाल, समाजका उपाध्यक्ष राजु शमशेर थापाले बोल्दै दशै तथा तिहारको उपलक्ष्यमा शुभकामना दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?