लोकदोहोरी क्षेत्रीमा स्थापित गायक पशुपति शर्माको आवाजमा समावेश चलचित्र ‘ब्रासलेट’को ‘लेकै जाने लेकाली डाँफे’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
निर्मल शर्माले निर्देशन गरेको यो चलचित्रलाई केशव भट्टराइले निर्माण गरेका हुन् । गीतमा रमेश उप्रेती र रजनी केसीले नृत्य गरेका छन् । लोक शैलीको यो गीतलाई छोटो सममया नै रुचाइएको छ ।
विशेषगरि, तिहारको समयमा देउँसी र भैली खेल्नेहरुलाई लक्षित गर्दै यो गीत सार्वजनिक गरिएको हो । चलचित्रमा नम्रता सापकोटाको पनि मुख्य भूमिका छ । गीतमा गोविन्द राइको नृत्य, विपिन मल्लको सम्पादन, सुदिप बरालको छायांकन छ । पशुपति शर्माले पहिलो पटक चलचित्रमा आवाज दिएका हुन् ।
गीतमा दिपक शर्माको शब्द तथा संगीत छ । चलचित्र ‘ब्रासलेट’ सस्पेन्स कथामा तयार पारिएको छ । लामो समयपछि नायक रमेश उप्रेतीको कमब्याक गरेकाले पनि यो चलचित्र दर्शकका लागि प्रतिक्षामा रहने देखिएको छ ।
प्रतिक्रिया 4