+
+

भूकम्पको पीडासँगै क्यान्सरले थलिएपछि …

१ कात्तिक, बुटवल । बिगत सात महिनादेखि ब्लड क्यान्सरले ग्रस्त गुल्मीकी सरस्वती भुसाल -सिल्वाल) को उपचारका लागि सहयोग गर्न परिवारले याचना गरेका छन् । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपूरमा उपचाररत सरस्वतीको जीवन बचाइदिन परिवारजन अपिल गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते १०:४३

कपिल ज्ञवाली

१ कात्तिक, बुटवल । बिगत सात महिनादेखि ब्लड क्यान्सरले ग्रस्त गुल्मीकी सरस्वती भुसाल (सिल्वाल) को उपचारका लागि सहयोग गर्न परिवारले याचना गरेका छन् । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपूरमा उपचाररत सरस्वतीको जीवन बचाइदिन परिवारजन अपिल गरेका हुन् ।

sarswati bhusalउनको उपचारका लागि अहिलेसम्म २१ लाख खर्च भइसकेको उनका श्रीमान नमराज सिलवालले बताए ।

श्रीमतीको उपचारका लागि आफ्नो सबै जायजेथा सकिएपछि थप उपचारका लागि सहयोग गर्न उनले सबैलाई अपिल गरेका हुन् ।

सरस्वतीको थप उपचारका लागि अझ करिब २५ लाख आवश्यक पर्ने अस्पताललले बताएर आर्थिक जोहो कसरी गर्ने भन्ने परिवारमा चिन्ता छ । गुल्मी ज्वाङ उल्लीखोलामा जन्मिएकी सरस्वतीको धार्दिङ नलाङ गाबिस वडा न ९ पिपलनलाङमा सातबर्षअघि नमराज सिल्वालसँग बिहे भएको थियो ।

गत बैसाख १२ गतेको महाभूकुम्पले धार्दिङ नलाङ गाबिस वडा न ९ पिपलनलाङमा रहेको एउटा घर पनि भत्किएपछि उनीहरुलाई पीडा थपिएको हो । धार्दिङ नलाङमा रहेको २ सय २२ घरधूरी भूकम्पले ध्वस्त भएको थियो । सरस्वतीका डेढ वर्ष र ७ वर्षकी दुई छोरी छन् । ठूलीदिदी मोतिमा भुसालको पहलमा उनको उपचार भइरहेको सिलवालले बताए ।

सरस्वतीको उपचारका लागि सहयोग जुटाउन भन्दै उनकै नाममा सेन्चुरी बैंकमा खाता खोलिएको छ । सेन्चुरी बैंकको खाता नम्बर ०२४००००२६८ सीआर मा रकम जम्मा गरी सहयोग गर्न सिलवालले अनलाइनखबरमार्फत अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?