+
+

एमाओवादीले सात मन्त्री छान्यो, शक्ति बस्नेत गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते १८:००

maobadi mantri

१ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीले केपी ओली सरकारमा जाने सात मन्त्रीको नाम टुङ्गो लगाएको छ ।

केपी ओली सरकारको गृह मन्त्रालय शक्ति बस्नेतले सम्हाल्ने भएका छन् । सशस्त्र जनयुद्धमा पश्चिम कमाण्ड सम्हालेका बस्नेत जाजरकोट १ बाट निर्वाचित भएका थिए ।

सरकारमा एमाओवादीको नेतृत्व भने टोपबहादुर रायमाझीले गर्नेछन् । उनी उपप्रधान एवं उर्जामन्त्री हुनेछन् । सुरुमा कृष्णबहादुर महराले सरकारको नेतृत्व गर्ने निर्णय भएपनि उल्टाएर रायमाझीलाई अघि सारिएको हो ।

उमेश यादव सिचाइँ मन्त्री बन्ने भएका छन् । उनी सप्तरी ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । गत माघमा संविधानसभाभित्र भएको तोडफोडमा अग्रपत्तिमा रहेपछि सांसद यादव चर्चा र विवादमा आएका थिए ।

एमाओवादीबाट गिरिराजमणि पोखरेल शिक्षा, रेखा शर्मा सामान्य प्रशासन, अग्नि सापकोटा वन मन्त्री बन्ने भएका छन् । पोखरेल प्रमुख सचेतक र शर्मा सचेतक थिए ।

बाईसीएल अध्यक्ष एवं सांसद गणेशमान पुन आपूर्ति मन्त्री बन्ने भएका छन् । पुन पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।

एमाओवादीबाट यसअघि हरिबोल गजुरेल कृषिमन्त्री भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?