२ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले मुलुकको अर्थतन्त्रलाई सङ्घारमा आएको दूर्घटनाबाट बचाउन प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आग्रह गरेको छ ।
महासङ्घका अध्यक्ष पशुपति मुरारकाको नेतृत्वको व्यवसायीहरूको टोलीले सोमबार विहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा देशको पछिल्लो अवस्था र त्यसले अर्थतन्त्रमा पारेको असरका बारेमा अवगत गराएको थियो ।
व्यवसायीहरूले प्रधानमन्त्रीलाई शुभकामना पनि दिएका थिए । महासङ्घका अध्यक्ष मुरारकाले ६२ दिनदेखिको तराई बन्द, हड्ताल र अघोषित नाकावन्दीले मुलुकको अर्थतन्त्र चौपट भएकाले संकटबाट मुलुकलाई जोगाउन अपिल गरेका छन् ।
महासङ्घका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष भवानी राणा, उपाध्यक्षहरु दिनेश श्रेष्ठ र शेखर गोल्छा तथा कार्यकारिणी समितिका सदस्यहरु सहभागि थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4