Comments Add Comment

नाई नभन्नु ल ४ को गीत सार्वजनिक

priyanka-and-anuvab
चैत्र २६ गतेबाट देशभरका हलमा लाग्ने चलचित्र नाई नभन्नु ल ४ को एक लोकभाका सार्वजनिक गरिएको छ । प्रेम परियारको आवाजमा समावेश मैना राजा मैना रानी बोलको गीत सार्वजनिक गरिएको हो । दसैं र तिहारलाई लक्षित गरेर यो गीत सार्वजनिक गरिएको हो ।

विकास आचार्यको निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्रको गीतमा मुख्य कलाकार प्रियंका कार्की, अनुभव रेग्मी, पल शाह र बर्षा राउत देखिएका छन् । साथमा नायिका केकी अधिकारी, गायक राजेशपायल राई, नायक संजोग कोइराला, हाँस्य कलाकार जोडी दिपकराज गिरी र दीपाश्री निरौला पनि देखिएका छन् ।

चलचित्रमा दिनेश पोख्रेल र हरिबोल भण्डारीको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन, बसन्त सापकोटाको संगीत, कविराज गहतराजको चलचित्रमा नृत्य निर्देशन छ । छायांकन सकिएको केही दिनमै निर्माणपक्षले गीत सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment