Comments Add Comment

प्रचण्ड र बिजुक्छेबीच भारतको अघोषित नाकाबन्दीबारे छलफल

Prachanda--Bijukche

४ कात्तिक, काठमाडाैं । एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच मंगलबार भेटवार्ता भएको छ ।

बिजुक्छे निवास कमलविनायकमा एक घण्टासम्म भएको भेटमा भारतले गरेको अघोषित नाकाबन्दीका कारण देशमा उत्पन्न असहज परिस्थितिलाई सहज बनाउनेतर्फ दुई नेताबीच छलफल भएको थियो ।

भेटमा अध्यक्ष बिजुक्छेले पेट्रोलियम पदार्थलगायत आवश्यक वस्तुहरूमा भारतमा मात्र निर्भर नभएर अन्य देशहरूबाट समेत ल्याउन विकल्प खोज्नुपर्ने सुझाब दिएका थिए ।

पेट्रोलको विकल्पमा विद्युतीय गाडी र मोटरसाइकल आयाततर्फ ध्यान दिनुपर्ने सुझाब दिँदै उहाँले विकल्पमा चीनलगायत अन्य देशसँग तत्काल प्रस्ताव गरेर अगाडि बढ्नुपर्ने उहाँले सुझाव दिएको  नेमकिपाका सचिव सुनिल प्रजापतिले जानकारी दिए ।

एमाओवादीका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले विगतमा भन्दा भिन्नै तरिकाले सरकार सञ्चालन गर्ने बताएको सचिव प्रजापतिले बताए । मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ आफ्नो दलको ध्यान गएको अध्यक्ष दाहालले भेटमा बताएका थिए ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment