+
+

संगीतकारका नजरमा नेपालका १० गायक-गायिका

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ५ गते ७:१८

Basant sapkota (1)अहिले नेपाली चलचित्रमा चल्तीका संगीतकार मानिन्छन् बसन्त सापकोटा । पछिल्ला केही वर्षमा एक से एक हिट गीतहरु दिएका उनले चल्तीका प्राय सबै गायक-गायिकासित काम गरिसकेका छन् ।

सयभन्दा बढी नेपाली चलचित्रमा संगीत दिएका संगीतकार सापकोटाले आफूले काम गरेका गायक तथा गायिकाहरुको मूल्यांकन यसरी गरेका छन् :

१. राजेश पायल राई

rajesh Payal raiराजेश पायलसँग मैले ५०-६० वटा गीतमा काम गरेँ होला । उनको स्वर भर्सटाइल छ । दुखी र रोमान्टिक दुवै किसिमको गीतमा सुट हुन्छन् उनी । गीतको सिचुयसनअनुसार भिजेर गाउने भएकाले मेलोडी राम्रो सुनिन्छ । अर्को प्लस प्वाइन्ट भनेको चाँडै सिक्ने क्षमता हो ।

उनलाई रक टाइपका गीतहरु भने त्यति सुहाउदैन । तैपनि गाउन खोज्छन् । मेरो विचारमा उनले मेलोडियस गीतमै बढि फोकस गर्नुपर्छ । उनको नकारात्मक स्वभावको चर्चा गर्दा, अलिकति घमण्डीपना छ । राम्रो गायक त हो, तर आफैंले आफूलाई राम्रो भन्दै हिँड्नु ठीक हुँदैन ।
मन परेको गीतः निष्ठूरीलाई माया दिई आफैंलाई जोगी बनाएँ

२. मिलन अमात्य

Milan-Amatyaमिलन अमात्य असाध्यै मिहिनेति गायिका हुन् । उनलाई रोमान्टिक गीतहरु बढी सुट गर्छ । सिरियस गीतहरुमा उनको स्वर त्यति जम्दैन । आसामबाट आएको गायिका भएकाले सुरुसुरुमा शब्दोच्चारणमा धेरै समस्या थियो । त्यसलाई सुधार्दै गएकी छिन् । अझै पनि उच्चारण पर्फेक्ट भने भइसकेको छैन । कहाँ ‘स्ट्रेस’ दिने, कहाँ ‘सस्टेन’ राख्ने र कहाँ ‘ल्याण्ड’ भन्नेमा अलिकति अल्मलिएको आभास हुन्छ ।

मन परेको गीतः जहिलेसम्म संसारमा रहन्छन् घामजुन तारा

३. स्वरुपराज आचार्य

satya-sorupएउटा संगीतकारको रुपमा स्वरुपराज मेरा पि्रय गायक हुन् । एउटा राम्रो गायकमा हुनुपर्ने धेरै गुण छन् उनमा । सबैभन्दा राम्रो बानी के छ भने गीतको डमी दिएपछि घरमै मज्जाले अभ्यास गर्छन् । गीतका शब्दशब्दमा ध्यान दिन्छन् । त्यसैले संगीतकारले धेरै मिहिनेत गर्नै पर्दैन । उनको गायनमा फिलिङ्स मिसिएको हुन्छ ।

उनको स्वर एकदमै मेलोडियस छ तर रोमान्टिकभन्दा पनि सेन्टिमेन्टल गीतलाई बढी सुट गर्छ । फास्ट ट्रयाकमा उनी त्यति जम्दैनन् । अहिले जून शैलीका गीत गाइरहेका छन्, त्यहि ठिक छ ।

मनपर्ने गीतः मेरी बसन्ती, प्यारी बसन्ती

४. इन्दिरा जोशी

indiraइन्दिराको गायनमा चञ्चलता र मादकता बढि छ । उनको स्वर रोमान्टिक गीतलाई सुट गर्छ । पप फ्लेवरको गीतमा निकै जम्छिन् उनी । उध्रेको चोली टाइपका गीतहरु नै उनको शैलीमा मेल खान्छन् ।

उनी छिटो सिकिहाल्ने खालकी गायिका भने होइनन् । शब्दको भाव र मेलोडीलाई पक्रिने भन्दा पनि आफ्नै शैलीमा ढाल्न खोज्छिन् । त्यसैले संगीतकारले बारम्बार सम्झाइरहनु पर्छ । उनले सेन्टिमेन्टल गीतहरुमा जोड नगर्दा हुन्छ ।

मन पर्ने गीतः टुट्यो तारा आकाशमा

५. अन्जु पन्त

Anju-pantaअन्जु पन्तको स्वर नेपालका लागि एउटा वरदान हो भन्छु म । एउटा यूगमा मात्रै यस्तो स्वर जन्मिन्छ । ध्वनीको गुणस्तर, शब्दोच्चारण, फिलिङ् सबैको मिश्रण पाइन्छ उनको आवाजमा ।

एकपटक सुनेपछि त्यसलाई सजिलै क्याच गर्ने क्षमता छ उहाँको । उहाँसित मैले ३०-३५ वटा गीत गरेको छु । उहाँको कमजोरी भनेको आफ्नै लिँडेढिपी गर्ने स्वभाव हो । कहिलेकाहीँ संगीतकारलाई समेत पेलेर जान खोज्ने प्रवृत्ती छ । त्यसलाई स्टारडम भनौं कि के भनौं । तर पछि आफैं कुल बन्नुहुन्छ ।

न बिर्सेँ तिमीलाई न पाएँ तिमीलाई

६. दीपक लिम्बु

dipak-limbu-and-rajina-rimalउनको स्वर मखमली छ, जून रोमान्टिक गीतमा अत्यधिक सुट गर्छ । यस्ता गीतहरु उनले सजिलोसँग गाउँछन् पनि । अलिकति उतार-चढावयुक्त गीतमा दीपकलाई अप्ठेरो पर्छ । मूडमा ल्याउनै टाइम लाग्छ । एक-दुई घण्टा सिक्नमै लगाउँछन् । कहिलेकाहीँ एउटै चिजमा आधा घन्टा अडि्करहेको अवस्था पनि हुन्छ । बाहिर निस्कनै सक्दैनन् । यो कमजोरीलाई उनले सुधार्नुपर्छ ।

मनपर्ने गीतः यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ

७. रजिना रिमाल

नेपालमा राम्रो टोन भएको गायिकामध्ये रजिना रिमाल एक हुन् । दुःखका गीतमा उनको स्वर बढी सुट गर्छ । एकदम निर्दोष पाराको स्वर छ उनको । बढी रोमान्टिक गीतमा सुट गर्दैन ।

उनलाई पनि टिप्न टाइम लाग्छ । घोटाइरहनुपर्छ । यद्यपि साह्रै मिहिनेती स्वभाव छ । सिक्दै पनि छिन् । म्युजिकल फ्यामिली भएकाले पनि संगीतमा उनको लगाव ठूलो छ ।

मनपर्ने गीतः म मर्ने बेला तिमी चैं आउनु

८. प्रल्हाद तिमिल्सिना

प्रल्हादको स्वर रोमान्टिक गीतमा सुट गर्छ । थोरै चकलेटी पाराको आवाज छ उनको । चेपेर गाउने, सस्टेन राखेर गाउने गीत उनले सक्दैनन् । फास्ट ट्रयाकका गीतहरुमा मैले उनलाई धेरै युज गरेको छ ।

मन पर्ने गीतः ए तारा ए जून

९. शिव परियार

shiva-pariyarप्रतिभाशाली गायक हुन् शिव परियार । उनी गीतको फिलमा डुबेर गाउँछन् । एउटा रेन्जमा सबै ठाउँमा सहज तरिकाले गाउन सक्छन् । उनलाई सिरियस गीतहरु बढि सुट गर्छ । शास्त्रीय सगीतको राम्रो ज्ञान भएकाले सस्टेन राखेर गाउन सक्छन् । अर्को कुरा धेरै मेहनति गायक हुन् । मिहिनेतले नै यहाँसम्म ल्याएको हो उनलाई ।

शिव परियारको नराम्रो पक्ष त्यति धेरै छैन । तर रोमान्टिक गीतहरु गाउन खोज्छन्, जून उनको आवाजलाई त्यति सुट गर्दैन ।
मनपर्ने गीत : अलिकति नजर तिम्रो

१०. प्रमोद खरेल

pramod-kharelप्रमोद खरेल क्लासिक गायक हुन् । रेन्जको हिसाबले मध्ये, मद्र, तार तीनवटैमा दख्खल राख्छन् । उसको नराम्रो पक्ष भनेको मेलोडी छिटो क्याच नगर्नु हो । घरमा गएर सुन्ने प्रवृत्ति छैन । एकैपटक स्टुडियोमै आएर प्राक्टिस गर्दा मिहिनेत नपुगेको जस्तो देखिन्छ । उनको छुट्टै प्रकारको स्वर छ । स्वर सहजै चिनिन्छ ।

मनपर्ने गीतः मुस्किल छ पोखरामा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?