+
+
WC Series
पोखरा एभेन्जर्स 2025
28/2 (4.3)
VS
९३ बलमा १३८ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

मापसेका कारण मोटरसाइकल दुर्घटना, चार घाइते

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ६ गते ९:०३

६ कात्तिक, चितवन ।  चितवनको माडीमा दसैँका बेला अत्यधिक मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा चार जना घाइते भएका छन् ।

बिहीबार राति दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरीका अनुसार चितवनको माडी—११ खरकट्टामा लु ४ प ३२६ नम्बरको मोटरसाइकल र अर्को नम्बर नखुलेको मोटरसाइकल एकापसमा ठक्कर खाएका थिए ।

उनीहरुले अत्यधिकरुपमा मापसे गरेको पाइएको प्रहरीले जनाएको छ ।

यसरी घाइते हुनेमा माडी–१० देवेन्द्रपुरका २३ वर्षीय मुक्ति काफ्ले, सोही ठाउँमा २२ वर्षीय महेन्द्र सुवेदी, २२ वर्षका दीपक पौडेल र २० वर्षीय विकास आचार्य रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको स्थानीय मेडिकलमा उपचारपछि थप उपचारका लागि कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा ल्याइएको छ ।

घाइतेमध्ये विकास आचार्यको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?