६ कात्तिक, काठमाडौं । पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको सुदूरपश्चिमको धनगढीमा नयाँ होटल सञ्चालनमा आएको छ । कुलदीपध्वज थापाले साढे तीन करोड लगानीमा ‘आफ्नो घर टेम्पल रिसोर्ट’ सञ्चालनमा ल्याएका हुन् ।
पर्यटकको आवागमन बढ्न थालेपछि पछिल्ला वर्षमा धनगढीमा स्तरीय होटलहरु खुल्ने क्रम बढिरहेको छ । धनगढीको उत्तर बेहडीमा सञ्चालित टेम्पल रिसोर्टमा वातावरण, संस्कृति र पुराना सम्पदाको प्रयोग गरिएको छ ।
रिसोर्टमा स्थानीय परिकारलाई प्राथमिकता दिइने भएको छ । थारु समुदायमा प्रचलित ढिक्री, कुखुराको सेकुवा, खंरिया लगायतका खाना पाहुनालाई खुवाउने रिसोर्ट व्यवस्थापनले जनाएको छ । साथै, रिसोर्टमा नेवारी तथा कन्टिनेन्टल खानाका परिकारसमेत उपलब्ध हुनेछन् ।
रिसोर्टको फेमिली रेष्टुरेन्ट थारु समुदायसँग सम्बन्धीत रहेको छ । रेष्टुरेन्टलाई जनजाति थारुको जीवन शैलीलगायत झल्किने कलात्मक बनाइएको छ ।
रिसोर्टमा दुई कन्फ्रेरेन्स हलसहित १५ वटा रुमहरु रहेका छन् । रुमहरुको मूल्य सबैको पहुँचमा हुने गरी तय गरेको बताइएको छ । खानाका परिकारको मेनुसमेत नेपालीको आम्दानी सुहाउँदो निर्धारण गरिएको छ ।
प्रतिक्रिया 4