+
+

यस्ता छन्, दसैं सम्झाउने गीत

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ६ गते १०:२७

Dashainजमरा र रातो टिका पिङको मौसम आयो
मान्यजनको आशिस लिने बडा दशै आयो

सरु गौतम र टंक बुढाथोकीको स्वर रहेको उक्त भिडियोलाई अहिले दर्शकले निकै मन पराएका छन् । उक्त भिडियोमा दसैंमा लगाईने टिका, जमरा र पिङको महत्वलाई गीतमा प्रष्ट पारिएको छ ।

टंक र सरु मात्रै होईन । नेपालमा धेरै गायक गायिका छन् । दसैं, तिहार, तीज जस्ता परम्परागत परम्परालाई समेटेर गीत बनाउने गर्छन् ।

रातो टीका जमरा लाउने हो
तिमीसंग पिङ खेल्न आउने हो
सम्झिँदा मन रुन्छ, अरु मलाई चाहिदैन केही पनि
यो दसैंमा भेटन पाए पुग्छ …

खुमन अधिकारी र संगीता थापाको स्वर रेहेको यो भिडियोलाई पनि दर्शकले मन पराएका छन् । प्राय त काम विशेषले घर बाहिर रहेका तर, दसैं तिहार जस्ता पर्वमा घर जान नपाएकाहरुलाई यस्ता गीतले आकषिर्त गर्ने गरेको छ ।

श्रीदेबी देबकोटा, कुलेन्द्र बिक, विष्णु माझी, प्रविन घर्ती मगर मुना थापा लगायतका गायक गायिकाले दसैं सम्बन्धि गीत गाएका छन् । ति गीतको भिडियो समेत निर्माण गरिएको छ र पछिल्ला समय यस्ता भिडियो स्वदेश र विदेशमा बस्ने नेपालीले मन पराउदै आएका छन् ।

गाउँको न्यास्रो मेटन लोक भिडियो

पछिल्लो समय दसैं आफैमा साँस्कृतिक चाडको रुपमा विकास हुँदै गएपनि मौलिकता हराउदै गएको भन्दै चिन्ता गर्नेहरु पनि छन् । पीङ दसैंसंग सम्बन्धित महत्वपूर्ण मनोरञ्जन सामग्री हो । पीङलाइ दसैको बिम्ब मान्दा पनि फरक पर्दैन । अझै पनि कतिपय गाउँमा यस्तो संस्कार छ ।

टिकाको दिन एकै छिन भएपनि पिङमा बसेर धर्ती छाड्नै पर्छ भन्नेमा बच्चा देखी बृद्धहरु समेत छन् । आम मान्छेले दसैंमा पिङ खेलेर रमाईलो गर्ने भएपनि अहिले पिङ हाल्ने काममा आम मान्छे अल्छि हुँदै गएका छन् ।

तर, लोकगीतसंग सम्बन्धित दसै गितका भिडियोेमा मौलिक गाउँ मात्रै दखिदैन गाउँमा मनाईने दशैको एउटा सिंगो पाटो देखाईएको हुन्छ । भलै अहिले धेरै गाउँमा रोटे पिङ हालिदैन । डोरी पिङ पनि सिमित हुँदै गएको बेला लोकगीतका भिडियो निर्देशकले कम्तिमा धर्म निर्वाह गरेका छन् अहिलेसम्म । गाउँमा नदेखेपनि भिडियोमा देखिन्छ रोटे पिङ, जाँते पीङ र दसैंमै हुने जात्राका सन्दर्भ पनि ।

विदेश जानेको पीडा

रेमिटान्सले मुलुकको अर्थतन्त्र धानेको प्रभाव भिडियो निर्माणमा समेत देखिएको छ । श्रीदेबी देबकोटा र कुलेन्द्र विष्टको स्वर रहेको यो दशैमा आउदैनौ जस्तो छ …बोलको गीत र भिडियोमा बैदेशिक रोजगारीमा गएकाहरुको यथार्थ प्रस्तुत गरिएको छ ।

श्रीदेबी मात्रै हैन रमेशराज भट्टराई र देबी घर्तीको परदेशको दसैं बोलको गीतमा पनि विदेशमा बसेको छोरो नेपालमा आउन नपाउदा बाबु आमालाई पिडा भएको प्रसंग प्रस्तुत गरिएको छ ।

छोरो विदेशमा गएको । बाबु आमालाई पैसा पठाएको । श्रीमतिले श्रीमानलाई सम्झेको छोरा छोरीले बा आउछन् कि भन्दै बाटो हेरका जस्ता प्रसंग दसैं गीतमा समेटिएको छ । जो बैदेशिक रोजगारमा गएका छन् तिन ति भिडियो हेरेर घरको याद गर्नेछन् भने, घरमा हुनेहरुलाई पनि त्यस्ता भिडियोले विदेएकिाहरुको सम्झना गराउँछ ।

गरीबीका कुरा सबै भन्दा धेरै

दसैंलाई हुने खाने र हुँदा खाने दुबै वर्गले उत्तिकै श्रद्धापूर्वक मनाउछन् । हुने खानेलाई खासै समस्या नहोला तर, हुँदा खानेलाई भने यहि दसैं दशा बनेर आउने गरको छ । पूर्णकला बिसी, विष्णु खतिवडाका गीतमा देशमा महंगी बढेको, साहुले रिण नदिएर पर्व मान्न नपाएको जस्ता कुरा समेटिएको छ ।


राजेन्द्र कणेल र टिका पुनले ए दशै तिहार शीर्षकमा घरको भत्केको भित्तो, खाने कुराको अभाव, ऋणले थिचएको जीवन जस्ता प्रसंग समेटेका छन् । एकनारायण भण्डारीले पापी हाकिमले छुटि्ट नदिएको भन्दै दसैंमा घर जान नपाएको दुख पोखेका छन् ।

फौजीका गीत

सेना, प्रहरी लगायत सुरक्षा निकायमा कार्यरतले कुनै पनि पर्वमा सहजै छुट्टी पाउदैनन् । चाड पर्वमा घर जान नपाउनुको पिडा प्रहरीले पनि भिडियो मार्फत प्रस्तुत गर्ने गरेका छन् । सेना र प्रहरी मध्ये यस किसिमको भिडियो बनाउने काममा शसस्त्र प्रहरी सबै भन्दा अगाडी छ ।

शसस्त्र प्रहरीद्धारा निर्माण गरिएका थुप्रै दसैं भिडियो युटुबमा भेटिन्छ भने शसस्त्रले वाषिर्क उत्सब र दशै तिहार जस्ता पर्वमा गरिएको कार्यक्रमलाई खिचेर पनि भिडियो बनाउने गरेको छ ।

घर आउन नपाउनेलाई राहत

कुनै समय यस्तो पनि थियो । स्वदेशभित्रै एउटा ठाउँवाट अर्को ठाउमा पठाएको चिठी पुग्न महिनौ लाग्थ्यो । विदेशवाट आउने चिठी पाउन त्यो भन्दा पनि धेरै समय लाग्थ्यो ।

त्यस्तो अवस्थामा घर परिवार वा आफन्तको मुहार देख्न पाउन निकै टाढाको कुरा हुन्थ्यो । तर, अहिले यति सजिलो छ । उस्तै पर्‍यो भने घरमा भएका सबै गतिविधीको भिडियो हेर्न मिल्छ विदेशमा बसेर । जो दसैं तिहार जस्ता पर्वमा घर जान पाउदैनन्, तिनका लागि दसैं तिहार र तिज भिडियो एकखालको बरदान सावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?