+
+

कतारमा शुभकामना आदानप्रदानसँगै सांस्कृतिक कार्यक्रम हुने

दोहा । विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर कतारमा आयोजना गरिएको शुभकामना तथा विविध सांस्कृतिक कार्यक्रमका लागी अमेरिका, जापान, कुवेत र नेपालदेखि कलाकार कतार आउँदै छन । यहीँ ३० अक्टोबर शुक्रबारका दिन बसन्त फिल्मस् प्रालीले आयोजना साँस्कृतिक कार्यक्रमका लागी कलाकारहरु बुधबार नै कतार आईपुग्नेछन ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ८ गते १०:०५

Gayak-qatar

घनश्याम पराजुली

दोहा । विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर कतारमा आयोजना गरिएको शुभकामना तथा विविध सांस्कृतिक कार्यक्रमका लागी अमेरिका, जापान, कुवेत र नेपालदेखि कलाकार कतार आउँदै छन । यहीँ ३० अक्टोबर शुक्रबारका दिन बसन्त फिल्मस् प्रालीले आयोजना साँस्कृतिक कार्यक्रमका लागी कलाकारहरु बुधबार नै कतार आईपुग्नेछन ।

चाडपर्वको अवसर पारेर आयोजित कार्यक्रममा विभिन्न देशबाट आउने कलाकार साथै कतारका कलाकारहरुको समेत बजोड प्रस्तुती रहने भएको छ । नेपालबाट लोकदोहोरी गायिका शान्ति सुनार, गायक राजु ढकाल र आधुनिक गायक कृष्ण काफ्ले कतार आउदै छन । त्यस्तै अमेरिका बस्दै आएकी गायिका शान्ति भण्डारी, जापानबाट गायक सुर्य खड्का र कुबेतबाट लोक तथा पप गायक डिबी लोप्चन कतार आउन लागेका हुन ।

कार्यक्रमको तयारीमा जुटिरहेको बसन्त फिल्मस् प्राली कतारले कतारमा उत्कृष्ट कार्यक्रम गर्ने बताईरहेका छन । कलाकारहरु बुधबार कतार आईपुग्नेछन । चाडपर्वसँगै कतारका नेपालीहरुले हर्षोउल्साषका साथ मनोरन्जन लिनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?