+
+
Shares

सिक्किममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गठन

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १८ गते ८:२८

सिक्किम । भारतको सिक्किममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, सिक्किम च्याप्टर गठन भएको छ । नेपाली साहित्य परिषद् गान्तोक सिक्किममा आयोजित एक भेलामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, सिक्किम च्याप्टर गठन, यसको बिधान र गतिबिधिका बारेमा छलफल गरिएको हो ।

उक्त भेलाले डा. पुष्प शर्माको अध्यक्षतामा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा डा. कविता लामा, महासचिब पारसमणि दङ्गाल, सचिवमा प्रवीण खालिङ, कोषाध्यक्ष श्रीमती उषा शर्मालार्इ चयन गरेको छ । त्यस्तै सदस्यहरूमा निर्मल निरौला, अम्बर लाछिकाटी, अर्जुन राई, अमर बानियाँ चयन भएका छन् ।

यस्तै सल्लाहकारहरुमा के एन शर्मा, पेम्पा तामाङ, प्रधुन्न श्रेष्ठ, प्राडा राजेन्द्र भण्डारीलाई मनोनयन गरेको छ । भारतको सिक्किममा अनेसासको च्याप्टर गठन भएकोमा खुशी व्यक्त गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माले उक्त च्याप्टरका पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै सो च्याप्टरको गठनले सिक्किम लगायत त्यस क्षेत्रमा नेपाली भाषा तथा साहित्यको बिकासमा थप योगदान हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?