+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सरकार र मधेसी मोर्चाको वार्ता अन्यौलमा

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २३ गते १०:०८

Gov-Madhesi-Barta

२३ कात्तिक, काठमाडौं । सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सोमबार हुने भनिएको वार्ता अन्यौलमा परेको छ ।

उपप्रधान एवं पराराष्ट्रमन्त्री कमल थापा नेतृत्वको सरकारी टोलीले मधेसी मोर्चाको वार्ता टोलीलाई दिउँसो १ बजे वार्तामा बस्न प्रस्ताव गरेको छ । तर, मधेसी मोर्चाका नेताहरुले यथास्थितिमा वार्तामा नजाने बताएका छन् ।

अघिल्लो साता भएको वीरगञ्ज घटनाप्रति सरकारले माफी नमानेसम्म वार्तामा नजाने मोर्चाले बताएको छ । मोर्चाको वार्ता टोली सदस्य लक्ष्मणलाल कर्णले अनलाइनखबरसँग भने-‘हामीले वीरगञ्ज घटनाबारे कुरा उठाएका छौं । तर, अहिलेसम्म सम्बोधन भएको छैन । त्यसैले आज वार्ता हुने सम्भावना छैन ।’

तमसपाका वरिष्ठ उपाध्यक्ष एवं वार्ता टोलीका अर्का सदस्य रामनरेश रायले पनि वार्ताको सम्भावना नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?