Comments Add Comment

तिहारले नेपालीको मुहारमा उज्यालो ल्याओसः राष्ट्रपति भण्डारी

Bidya-Bhandari
२६ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

घर घरमा दीपावली गरी हर्षोल्लासका साथ मनाइने यस चाडले सम्पूर्ण नेपालीको मुहारमा उज्यालोपन ल्याउन सकोस्, नेपाली नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवम् स्थायित्व कायम गरी देशमा आर्थिक समृद्धिको ढोका खोल्न प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपति भण्डारीको छ ।

‘यस पर्वलाई हर्षोल्लासका साथ मनाउन जसरी सबै नेपाली एकाकार हुन्छौँ, त्यसरी नै देशमा भर्खरै जारी भएको नेपालको संविधानको सफल कार्यान्वयन गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गरी समृद्ध राष्ट्र निर्माण गर्न सम्पूर्ण देशवासीको साथ र सहयोग प्राप्त होस्, यही मेरो शुभकामना छ’- राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment