+
+

अनमोलको प्रतिवद्धता-‘१० लाख लिएको छु, कर तिर्छु’

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २६ गते १०:५७

anmol-kc
नायक अनमोल केसीले आफूलाई चलचित्रमा अभिनय गर्नका लागि १० देखि १५ लाख सम्मको अफर आएको बताएका छन् । आफूलाई १२ लाख, १५ लाखसम्म दिएर चलचित्रमा अभिनय गर्नका लागि अफर आएको खुलासा अनमोलले अनलाइनखबरसँग गरेका हुन् ।

उनले आफू अन्य नायकजस्तो चलचित्रको सुटिङ हुने दिनमा सेटमा भेटिने खालको नभएको बताए । अनमोलले चलचित्र ‘गाजलु’का लागि आफूले १० लाख पारिश्रमिक लिएको पनि खुलाए ।

उनले आफूले चलचित्रमा संझौता गरेपछि त्यसको गीत, कथा, छायांकन, सम्पादन, प्रदर्शनसम्म साथ दिने बताए । अनमोलले कुनै चलचित्रमा आफूले काम गरेपछि त्यसमा लागिपर्ने पनि बताएका छन् ।

अनलाइनखबरले १० लाख पारिश्रमिक लिनुभयो, के राज्यलाई कर तिर्नुहुन्छ त भनेर सोधेको प्रश्नमा उनले राज्यको कानुन भित्र आफू पनि बस्ने र कर तिर्ने बताएका छन् । नेपाली कलाकारले चर्को पारिश्रमिक लिएपनि कर नतिरेको चर्चा खुबै हुनेगर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?