Comments Add Comment

सिरक उद्योगमा आगलागी, लाखौंको क्षति

Butwal-Aago

कपिल ज्ञवाली
२९ कात्तिक, बुटवल । रुपन्देहीको बुटवल ८ मा रहेको एक सिरक उद्योगमा आगलागी हुदा लाखौंको क्षति भएको छ । चाँदबारी चर्च छेउँमा रहेको लुम्बिनी सिरक डसना उद्योगमा आगलागी भएको हो ।

आगलागीबाट करिब १५ लाख रुपैयाँको क्षति भएको प्रहरीले अनुमान गरेको छ । उद्योगमा विद्युत् प्रवाहका कारण शनिवार राती आगलागी भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक महेन्द्र खड्काले जानकारी दिए ।

Butwal-Aago
बुटवल र भैरहवाका दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको गरेको थियो । आगो नियन्त्रणमा लिन घण्टौं लागेको थियो । आगो राती साढे १० बजेपछि मात्र नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट उद्योग सञ्चालनमा रहेको टिनले छाएको घर तथा तयारी अवस्थामा रहेका सिरक डसनाहरु जलेर खरानी भएको उद्योगका सञ्चालक विष्णुप्रसाद पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment