३० कात्तिक, काठमाडौं । करिब तीन दशकदेखि सुनसान देशकै एउटा प्रमुख नाकामा पनि अहिले भारतीय सशस्त्र सुरक्षा बलले कडाई गर्न थालेको छ । दाङको कोइलाबास भन्सार करिब तीन दशकदेखि अलपत्र परेको भन्सार नाका हो ।
पूर्वपश्चिम राजमार्ग सञ्चालनमा आएपछि यो भन्सार पछाडि परेको थियो । यहाँबाट कुनै पनि सामानहरु आयात निर्यात हुँदैन ।
तर, नाकाबन्दीले चारैतिर नाकामा कडाई हुन थालेपछि यो नाकाबाट जिल्लावासीले तेल ओसार्न प्रयोग गर्न थालेपछि त्यहाँको एसएसबीले अहिले नाका पूरै बन्द गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।
कोइलावास दाङको दक्षिणी गाविस हो । यो सहित २५ भन्दा बढी नाकाहरु अहिले खुल्ला छन् । जहाँ एसएसबी मात्रै छ । कोइलावासबाहेक अन्य नाकाहरुमा नेपाल प्रहरीसमेत छैन । यो भन्सारमा भने सशस्त्र प्रहरी पनि बसेको छ ।
केही दिनदेखि कोइलावासको एसएसबीले नेपालीका मोटरसाइकलहरु समेत प्रवेश गर्न दिएको छैन । स्थानीयले चिनजानको आधारमा मोटरसाइकल भारतीय बजारमा छिराएपनि जाँदा–आउँदा भने मोटरसाइकलको ट्याङ्की खोलेर हेर्छ । आउँदा ट्याङ्कीमा धेरै तेल भयो भने मोटरसाइकल त्यहीँ रोकिदिन्छ ।
‘जर्किन लगेर त भारतीय बजारमा जानै दिन्न’ कोइलावासका नेपाली सईद सिद्धिकीले भने, ‘धेरैले जर्किनमा ल्याएको तेल खोसेर एसएसबीले राखेको छ ।’
प्रतिक्रिया 4