+
+

दुवईमा नेपालीको लगानीमा सैलुन स्थापना

यूएई । यूएईको उत्तरी इमिरेटमा रहेको फुजेरामा नेपालीको लगानीमा एक सैलुन स्थापना हुन लागेको छ । यूएईको नेपाली समाजमा सफल व्यावसायी तथा दानवीर महिलाका रुपमा परिचित बुटबलकी दिपा पाण्डेले फुजेरामा नयाँ ब्युटीपार्लर सञ्चालन गर्न लागेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३० गते ८:२९

Diya-Pandy

रामप्रसाद ढुंगेल

यूएई । यूएईको उत्तरी इमिरेटमा रहेको फुजेरामा नेपालीको लगानीमा एक सैलुन स्थापना हुन लागेको छ । यूएईको नेपाली समाजमा सफल व्यावसायी तथा दानवीर महिलाका रुपमा परिचित बुटबलकी दिपा पाण्डेले फुजेरामा नयाँ ब्युटीपार्लर सञ्चालन गर्न लागेकी हुन् ।

ब्यूटीपार्लरको क्षेत्रमा १५ वर्ष लामो अनुभव संगालेकी झापाकी लक्ष्मी तामाङको पार्टनरसीपमा नासिर लेडिज सैलुनको औपचारिक उद्घाटन आगामी २० नोभेम्बरमा हुने व्यावसायी पाण्डेले बताएकी छिन् । फुजेराको भिआईपी एरिया सेन्चुरी मलको छेउमा रहेको सैलुनले फुजेरामा रहेका नेपाली दिदीबहिनी लगायत स्थानीय अरबी, लेबनानी, पाकिस्तानी, मोरक्कनलाई सेवा दिने सञ्चालिका लक्ष्मी तामाङले बताइन् ।

करिब चार लाख दिराम्स अर्थात् एक करोड १५ लाख नेपाली रुपैयाँको लगानीमा खुल्न लागेको यो सैलुन उच्च प्रविधि युक्त रहेको छ ।

पार्लरमा उपलब्ध सबै सुविधाका अतिरिक्त स्टीम बाथको सुविधा यसको थप विशेषता रहेको सञ्चालिका पाण्डेले बताइन् ।

लक्ष्मी र दिपाको संयुक्त लगानीमा तीन वर्ष अघिदेखि देरा दुबईमा ब्युटीफेस लेडिज सैलुन सञ्चालनमा रहेको छ । यही जोडीले फुजेरामा रहेका नेपाली दिदीबहिनी तथा स्थानीय नागरिक र विदेशीहरुलाई शारीरिक रुपमै सुन्दर बनाउने लक्ष्य राखेर सैलुन स्थापना गरेको बताएका छन् ।

ओपनिङका दिन सहभागी सबैलाई ५० प्रतिशत छुटमा सेवा तथा सुविधादिने उनीहरुको तयारी छ । साथै ओपनिङ सेरोमनीमा सहभागी सबैलाई ६ महिनासम्म ५० प्रतिशत छुट दिने बताइएको छ । कार्यक्रममा सहभागी सबै ग्राहकहरुलाई गिफ्ट हृयाम्पर प्रदानगरिने व्यावसायी पाण्डेले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?