+
+

म्याग्दीका घाइते युवालाई प्रवासी नेपालीबाट आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३० गते १२:२३

म्याग्दी । करेन्ट लागेर घाइते भई उपचाररत म्याग्दीका एक युवाको उपचारार्थ बेल्जियममा रहेका म्याग्दीको राखुवासीबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

पिप्ले–७ कलेजबाङका करेन्ट लागेर घाइते भएका विपन्न परिवारका गोविन्द बस्यालको उपचारका लागि बेल्जियममा रहेका राखु पिप्ले र भगवती गाविसका बासिन्दाबाट रु ६५ हजार आर्थिक सहयोग भएको हो ।

बेल्जियममा रहनुभएका राखुका गणेशबहादुर भण्डारीबाट रु ११ हजार ५००, दलबहादुर शाहीबाट रु ११ हजार ५००, ध्यानु बरुवालबाट रु ११ हजार ५००, घनश्याम शाहीबाट रु तीन हजार १००, राजेन्द्र कार्कीबाट रु तीन हजार र दीपक भण्डारीबाट रु दुई हजार तथा बेल्जियममा रहेका राखुवासीबाट एकमुष्ट रु २२ हजार ४०० गरी कुल ६५ हजार आर्थिक सहयोग भएको हो ।

सहयोगदाताहरुले उपलब्ध गराउनुभएको सहयोग आइतबार बेनीमा आयोजित एक कार्यक्रमबीच पीडित बस्यालका बुबा भीमसेन बस्याललाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवनबहादुर विश्वकर्मा, सहयोगदाता एवम् म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय परिषद्का महासचिव घनश्याम शाही र राजेन्द्र कार्कीले संयुक्त रुपमा उक्त सहयोग हस्तान्तरण गरेका थिए ।

सोही कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवनबहादुर विश्वकर्माले रु तीन हजार ५०० पीडित बस्यालको उपचारार्थ सहयोग गरे भने हाल कतारमा रहेका पिप्ले–७ कलेजाबाङ निवासी लक्ष्मण भण्डारीले उपलब्ध गराएको रु एक हजार सहयोगसमेत समन्वयकर्ता रासस प्रतिनिधि कमल खत्रीमार्फत हस्तान्तरण गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?