Comments Add Comment

ताप्लेजुङका पहिरो प्रभावित विद्यालयलाई अमेरिकामा रहेका नेपालीको सहयोग

Taplejung
रविन भट्टराई
ताप्लेजुङ । गत जेठको अन्त्यमा गएको पहिरोमा प्रभावित ताप्लेजुङका आठ विद्यालयलाई अमेरिकामा रहेका नेपालीहरुले संकलन गरेको रकम प्रदान गरिएको छ ।

पुर्व सभाषद तथा आदिवासी जनजाती नेता पासाङ शेर्पा र मिङ्मा कामि शेर्पाको पहलमा वालुङ समाज नर्थ अमेरीकाका अध्यक्ष दावा छिरीङ लामा र उपाध्यक्ष वाङ्ला लामाको सक्रियतामा वालुङ समाजका सदस्यबाट संकलन गरिएको छ लाख रुपैयाँ विद्यालयहरुलाई वितरण गरिएको छ ।

सो रकम मध्येबाट पञ्चेस्वरी मावि लिवाङ १ लाख, सुर्के मावि थुकिमा एक लाख, सिङ्गदेवि निमावि सान्थाक्रा एक लाख, राष्ट्रिय मावि पेदाङ एक लाख, बेसीगाउँ प्रवि खोक्लिङ ५० हजार, सुनखानी प्रावि खोक्लिङ ५० हजार, हिमाली रत्न प्रावि खेजेनिम ५० हजार र नाक्ला प्रावि सावादेनले ५० हजार रुपैयाँ पाएका छन् ।

रकम उद्योग वाणिज्य संघ ताप्लेजुङका अध्यक्ष तारानाथ घिमिरे र मिङ्मा कामि शेर्पाले प्रभावित विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानअध्यापकलाई हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment