+
+

विश्वकपका कारण छोरा धेरै जन्मिए

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ५ गते ८:१०

Ladkaदक्षिण अफ्रिकामा सन् २०१० मा भएको विश्वकप फुटबलपछि त्यहाँ छोरीभन्दा छोराहरु बढि जन्मिएका छन् । एक अध्ययन अनुसार विश्वकपको ९ महिनापछिबाट जन्मिएका बच्चामा छोराको संख्या बढि पाइएको हो ।

अर्ली ह्युमन डेभलपमेन्ट जर्नलका अनुसार सन् २००३ देखि २०१४ को बीचमा दक्षिण अफ्रिकामा जन्मिएका बच्चामा रहेको छोराको अनुपात भन्दा विश्वकपको ९ महिनापछि जन्मिएका बच्चामा छोराको अनुपात सबैभन्दा धेरै रहेको छ ।

शोधकर्ताहरुका अनुसार विश्वकपको बेला मानिसहरुले धेरै आराम गरे र धेरै सम्भोग क्रियामा पनि लिप्त भए ।

विटवाटर्जर्याण्ड विश्वविद्यालयका शोधकर्ता डाक्टर ग्विनाइ मासुकुमेका अनुसार विश्वकपका बेला मानिसहरुमा तनावको मात्रा कम भयो, उनीहरु खुसी थिए भने एक अर्कोप्रति तथा देशका प्रति समेत राम्रो भावनाले ओत्प्रोत थिए ।Brajil

मानिसहरु यो समयमा धेरै सम्भोग क्रिया गरेका र अधिक सम्भोगका कारण छोरी भन्दा छोरा जन्मिने सम्भावना बढि हुने हुनाले दक्षिण अफ्रिकामा विश्वकप पछि छोराहरु बढि जन्मिएका शोधकर्ताको भनाइ छ ।

विश्वकपको ९ महिनापछि जन्मिएका बच्चामा छोराको अनुपात ०.५०६३ थियो । अर्थात् आधाभन्दा धेरै छोरा थिए । सन् २००३ देखि २०१२ को बीच यो अनुपात ०.५०२९ थियो । यसको मतलब खेलका दौरान १०८८ बढि छोरा जन्मिए ।

पुरुष शुक्रकिटको उच्च गतिशीलता, अधिक सम्भोग तथा गर्भमा रहेका छोरा भ्रुणको मृत्यु कम हुनु छोरा धेरै जन्मिनुनका कारण हुन सक्छन् । यो कुनै मौसमी परिवर्तन वा काकताली नभएको उनीहरुको ठम्याइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?