Comments Add Comment

‘ओलीलाई भन’ भन्दै प्रहरीले यात्रुलार्इ लखेट्यो

police७ मंसिर, काठमाडौं । गाडी स्कटिङको माग गर्दै सुनसरी इटहरीस्थित पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पुगेका यात्रुलाई ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई भन्नु’ भन्दै प्रहरीले लखेटेको नागरिक दैनिकमा खबर छ ।

शनिबार राति अबेर स्कर्टिङ गर्न माग गर्दै पुगेका यात्रुको एक समूहलाई प्रहरीले लखेटेको हो ।

शनिबार राति सप्तरीमा भएको झडपका क्रममा दुई आन्दोलनकारीको मृत्यु भएर स्थिति तनावग्रस्त बनेपछि काठमाडौंसहित पश्चिम नेपालका लागि हिँडेका यात्रुबाहक सवारीसाधन इटहरीमा अलपत्र छन् ।

‘इटहरी बसपार्कस्थित सिआरभी प्रहरीसँग स्कर्टिङका लागि भन्दा ट्राफिक प्रहरीलाई देखाएपछि हामी नाराबाजी गर्दै कार्यालयमा पुग्यो,’ इलाम घुमेर फर्केका सुर्खेत भेरीगंगाका भीम पौडेलले भने, ‘प्रहरी कार्यालय अघि यात्रुले स्कर्टिङ गर्नैपर्छ भनेर नाराबाजी गरिरहँदा प्रहरीले लाठी लिएर केपी ओलीलाई भन भन्दै लखेटे ।’ उनका अनुसार लाठी लिएर लखेटेपछि यात्रुको भागाभाग भएको थियो ।

प्रहरीले भने कार्यालय गेट भत्काउन खोज्दै नाराबाजी गरेपछि लखेटेको तर, यात्रुले बढाइचढाइ गरेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका डिएसपी सरोज पौडेलले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment