Comments Add Comment

दसगजालाई तस्करी केन्द्र बनाउँदै भारतीय व्यापारी

Raksaul७ मंसिर, वीरगन्ज । घरको ग्यास सकिएपछि वीरगन्ज घडीअर्वाका हरिशंकर साह कानु खाली सिलिन्डर लिएर शनिबार बिहान सीमापारी रक्सौल पुगे । त्यहाँ उनले भारतीय सिलिन्डरबाट प्रतिकिलो दुई सय रुपैयाँ (एक सय २५ भारु) का दरले १४ केजी ग्यास आफ्नो सिलिन्डरमा भरे । ‘वीरगन्जमा १३ सय ८० मा पाउने ग्यासलाई २८ सय तिर्नुपर्‍यो,’ उनले भने, ‘बाटोमा एसएसबीले पनि दुःख दियो ।’

एक सय दिन लामो बन्द, हड्ताल र दुई महिनादेखिको नाकाबन्दीका कारण वीरगन्जमा खाना पकाउने एलपी ग्यासको चरम अभाव छ ।

वीरगन्जमा अभाव भएपछि नेपाली उपभोक्ता खाली सिलिन्डर बोकेर सीमापारि रक्सौल पुगेर दोब्बर भाउमा ग्यास खरिद गर्न बाध्य रहेको अन्नपूर्ण पोस्टमा खबर छ ।

वीरगन्जसँग् सीमा जोडिएको रक्सौल र दसगजा क्षेत्रमा भारतीय ग्यासको कालोबजारी गर्नेहरु बिहानैदेखि भारतीय कम्पनीका भर्त्ती ग्यास सिलिन्डर लिएर नेपाली ग्राहक कुरिरहेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment