Comments Add Comment

सलमानको प्रेम रतनले कमायो १८४ करोड

prem-ratan-dhan-payo

सलमान खान अभिनित फिल्म ‘प्रेम रतन धन पायो’ ले प्रदर्शनको आठौं दिन  विश्वभरबाट ३ सय करोडको ग्रस कलेक्शन गरेको छ । भारतमा मात्र यो चलचित्रले शनिबारसम्म १ सय ८४ करोडको नेट व्यापार गरेको छ । पहिलो दिन ४० करोडको व्यापार गरेको यो चलचित्रको दोश्रो शुक्रबारसम्म आइपुग्दा व्यापारमा ठूलो गिरावट आएको छ ।

सलमानको यो चलचित्रले प्रदर्शनको दोश्रो शुक्रबार ४.५० करोड र शनिबार ५ करोडको व्यापार गरेको छ । चलचित्रले भारतमा मुश्किलले २ सय करोडको आँकडा छुने देखिएको छ । ओभरसिजमा भने यो चलचित्रको नेट व्यापार ८५ करोड छ ।

यो फिल्ममा सलमान र निर्देशक सुरज बड्जात्याले १६ वर्षपछि संगै काम गरेका थिए । दीपावलिको अवसरमा गएको १२ नोभेम्बरमा फिल्म प्रदर्शन भएको थियो । फिल्ममा शाही परिवारको कथा प्रस्तुत गरिएको छ । फिल्ममा सलमानले प्रेमको भूमिका निर्वाह गरेका छन् ।

६० करोडमा बनेको यो फिल्मले विज्ञापनमा मात्रै २० करोड खर्च गरेको थियो । भारतमा चार हजार पाँचसय स्त्रिmनमा प्रदर्शन भएको यो फिल्म विदेशमा ११०० हलमा रिलिज भएको छ । चलचित्र सोनम कपुर, अनुपम खेर, स्वरा भास्कर, अरमान कोहली र नील नितिन मुकेशले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment