Comments Add Comment

मधेसी नेताहरु भारतको गोटी बनेः उपप्रधानमन्त्री केसी

सन्देश श्रेष्ठ

७ मंसिर, पोखरा । उपप्रधान तथा सहकारी तथा गरिवी निवारण मन्त्री चित्रबहादुर केसीले मधेसी नेताहरु भारतको गोटी बनेको आरोप लगाएका छन् ।  सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका केसीले मधेसी दल र तीनका नेताहरु भारतको गोटी बनेर तराईमा आन्दोलन चर्काइरहेको बताए ।

Chitra-Bahadur-Kcउनले भारतकै उक्साहटमा पहाडबाट तराईलाई अलग्याउन मधेसमा आन्दोलन भइरहेको दाबी समेत गरे । ‘हाम्रो कमजोरीको फाइदा उठाएर भारतले बेला/बेलामा धोका दिने गरेको छ ।’ उनले भने-‘पहिलेदेखि नै थिचोमिचो सहेकोले भारतले हेपेको छ, राष्ट्रियताको सवालमा सबै नेपाली एक हुनको विकल्प छैन ।’

उनले हिमाल, पहाड र तराईलाई अलग गरेर संघीयता निर्माण हुनै नसक्ने ठोकुवा गरे ।

उपप्रधानमन्त्री केसीले विगतदेखि नै भारतले नेपाललाई हेप्दै आएको र भारतको हेपाहा प्रवृत्तिलाई सहनु हाम्रो गल्ती भएको उनले औंल्याए ।

‘भारतले लगाएको नाकाबन्दी हेपाहा प्रबृत्तिको पुनरावृत्ति हो’ उनले भने-‘भारतले हामीलाई ब्रोइलर कुखुरा बनाउन खोजेको छ, चारो दिए खाएर बस्ने नत्र झोक्राएर बस्ने ।’

उनले नाकाबन्दीको सबै नेपालीले डटेर सामना गर्नुपर्नेमा जोड दिए । भुपरिवेष्ठिक देशले पाउने पारवहन अधिकारको कुरा उठाउँदा भारतले गाली गरेको सम्झन नहुने उनको धारणा थियो ।

सहकारी तथा गरिवी निवारण मन्त्री समेत रहेका केसीले सबैले छाडेको र आकर्षण नभएको मन्त्रालयको जिम्मेवारी आफुले लिएको बताउँदै कर्मचारीको मनोबल ढाएर काम गर्ने बताए । ‘मन्त्रालयमा कर्मचारीको पनि आर्कषण नभएको बताउँदै उनले भने-‘२० वर्ष अघिका सहकारीका ऐन नियम परिर्वतन गर्नुपर्ने देखिएको छ, मन्त्रालयको काम कारवाही अध्ययन गरिरहेको छु ।’

प्रतिकुल समयमा सत्तामा जाने आँट आफुले गरेको बताउँदै सत्तामा रहँदा र नरहँदा पनि देश र जनताको हितमा सघर्ष गर्न केही फरक नपर्ने जिकिर गरे । ‘अनुकुल समयमा पनि सत्तामा आउने अफर आएको हो, उनले भने-‘प्रतिकुल अवस्थामा काम गर्न सकियो भने मात्र जनताको विश्वास जित्न सकिन्छ, त्यसैले लामो समयपछि राष्ट्रिय जनमोर्चा सत्तामा सहभागी भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment