Comments Add Comment

महोत्तरीका सबै विद्यालयमा पठनपाठन सुरू

Mahotari८ मंसिर, महोत्तरी । मधेस आन्दोलनका कारण बन्द रहेका महोत्तरीका सबै विद्यालय आजदेखि पूर्णरुपमा सञ्चालन भइ पठनपाठन सुरु भएको छ ।

विगत १०० दिनदेखि बन्द रहेका विद्यालय ३/४ दिनअघिदेखि नै सञ्चालन गरिने भनिए पनि जिल्लास्तरीय आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले औपचारिक घोषणा नगरेका कारण महोत्तरीका विद्यालय सोमबारसम्म पनि बन्द रहेका थिए ।

तर आन्दोलनरत मोर्चाले आजदेखि औपचारिक रुपमा विद्यालय सञ्चालन गर्न भनेपछि बिहानदेखि जिल्लाका सबै निजी तथा सरकारी विद्यालयमा पठनपाठन सुरु भएको छ ।

मोर्चाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि सदरमुकाम जलेश्वरलगायत जिल्लाका सबै निजी विद्यालय आज बिहानदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ भने हजारौँ विद्यार्थी आ–आफ्ना विद्यालयमा जान थालेको देखिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment