Comments Add Comment

दाउरा बेचेर सरकारले कमायो ५६ लाख, झण्डै चार हजार परिवारले दाउरा किने

Wood (16)

९ मंसिर काठमाडौं । सरकार आफैँले काठमाडौंमा दाउरा बेच्न थालेको १० दिन भयो । काठमाडौंका विभिन्न स्थानमा रहेका ४ वटा दाउरा डिपोहरुमा उपभोक्ता सुरुवातका दिनमा जस्तै छ ।

१० दिनसम्म तीन लाख ८६ हजार किलो दाउरा बिक्री भएको टिम्बर कर्पोरेशन अफ नेपाल (टीसीएन) ले जनाएको छ ।

कात्तिक २९ गतेदेखि दाउरा बिक्री थालेको टीसीएनले औसतमा दैनिक ३८ हजार किलो दाउरा बिक्री गरिरहेको टीसीएनका महाप्रवन्धक बिरेन्द्र यादबले जानकारी दिए । यसबाट सरकारले ५६ लाख रुपैयाँ भन्दा बढी कमाइ गरेको छ ।

तराईका विभिन्न स्थानमा वर्षौदेखि घाटगद्दि गरिएका (थुपारेको) दाउरा काठमाडौं ल्याएर बिक्री गरिँदैछ ।

दाउराको बिक्रीको सुरुवात गौसालाको पशुपति र ललितपुरको बालकुमारी डिपोबाट भएको थियो ।

सर्वसाधरणको सहजताका लागि भक्तपुरको कमेरोटार र स्वयम्भुको भगवानपाउमा पनि नयाँ डिपो स्थापना गरिएको टीसीएनका महाप्रवन्धक बिरेन्द्र यादबले जानकारी दिए ।

अहिले टीसीएनसँग काठमाडौंमा एक लाख २९ हजार किलो दाउरा मौज्दात छ । सरकारले पाँच लाख ६ हजार सात सय किलो दाउरा काठमाडौं ल्याइसकेको यादवले बताए । बुधबार पनि तीन ट्रक दाउरा भित्रिँदैछ ।

१० दिनका बीचमा झण्डै डिपोहरुबाट ३ हजार ८ सय हजार भन्दा बढी परिवारले दाउरा किनेको यादवले बताए ।

प्रतिपरिवार सय केजी दाउरा बिक्री भइरहेको छ । दाउराको मूल्य किलोको १५ रुपैयाँ तोकिएको छ । संस्थागत रुपमा दाउरा लैजानेलाई भने किलो १७ रुपैयाँ लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment