+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कास्कीमा कृषि फार्म दर्ता अभियान

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १२ गते ११:५०

१२ मंसिर, कास्की। वास्तविक किसान पहिचानका लागि कास्कीमा व्यावसायिक कृषि फार्म दर्ता अभियान सुरु गरिएको छ। जिल्ला कृषि विकास कार्यालय कास्कीले यस आर्थिक वर्षदेखि यो अभियान सञ्चालन गरेको हो ।

कार्यालयबाट दिने अनुदान वास्तविक किसानसम्म पुर्याउन र किसानको सही अभिलेख राख्न यो अभियान सञ्चालन गरिएको कार्यालयका मत्स्य विकास अधिकृत डा. प्रभात न्यौपानेले जानकारी दिए ।

‘कतिपय किसानहरु घरेलुमा गएर फर्म दर्ता गर्ने त कतिले फर्म दर्ता नै नगर्ने गरेको हामीले पायौँ,’ उनले भने – ‘अनुदान दिन र तथ्याड्ढ सङ्कलन गर्न सहज बनाउन यो अभियान सञ्चालन गरेका हौँ ।’

व्यावसायिक कृषि फार्म दर्ता गर्न तीन रोपनीभन्दा माथि तरकारीखेती वा टनेल बनाएको, सात रोपनीभन्दा माथि अन्नबाली गरेको, तीन रोपनीभन्दा माथि माछा पोखरी भएको, पाँच रोपनीभन्दा माथि फलफुल खेती गरेको, २० घारभन्दा माथि मौरी घार भएको हुनु पर्ने प्रावधान रहेको छ।

यीमध्ये कुनै एक क्षेत्रमा काम गरेको कृषक छ भने त्यस्ता कृषकले व्यावसायिक कृषि फार्म दर्ता गर्न पाउने छन् । जिल्ला पशु कार्यालय कास्कीले यो कार्यक्रम यस अघि नै सञ्चालन गरे पनि जिल्ला कृषि विकास कार्यलय कास्कीले भने यस वर्षदेखि गरेको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?