Comments Add Comment

पत्याउनु हुन्छः सोनमले ३० केजी, आलियाले १६ केजी वजन घटाएका थिए

गोरो छाला, पातलो शरीर । बलिउडमा नायक तथा नायिका बन्न चाहनेहरुका लागि न्युनतम पूर्वाधार हुन् । कोही ब्यक्ति अभिनयमा जती नै विलक्षण भएपनि उनको शरीर भद्दा छ भने अभिनयमा मौका पाउने सम्भावना कमै हुन्छ ।

सोही कारण धेरैले अभिनयमा लाग्ने चाहना राख्ने बित्तिकै शरीर पनि स्लिम बनाउन सुरु गर्छन् । शरीर स्लिम बनाएर नायिका बन्नेहरुमा आलिया भट्टदेखि सोनम कपुर समेत पर्छन् । हेरौं को-को रहेछन् मोटो शरीरलाई पातलो बनाएर चलचित्रमा आउने कलाकारः
zaren-hot
३० किलो घटाएकी थिइन् जरिनले
अहिले प्रदर्शनमा रहेको चलचित्र ‘हेट स्टोरी ३’ ग्ल्यामरस लुक्समा देखिएकी छिन् जरिन खान । उक्त चलचित्रमा निकै छरिती देखिएकी जरिन सधै यस्तै चुस्त दुरुस्त हुन भने सक्दिन थिइन् ।

सन् २००५ मा उनको वजन एकसय किलो थियो । उनले सपनामा समेत नायिका बन्छु भनेर सोचेकी थिइनन् । सन् २०१० मा बनेको चलचित्र ‘वीर’ मा सलमानको हिरोईन बनेपछि उनले ३० किलो वजन घटाएकी थिइन् ।
३० किलो वजन घटाउँदा पनि उनको आलोचना भने हुन छाडेन । वजन कम गराउनकै लागि पावर योगा, स्पेशल वेट लस प्रशिक्षण जस्ता कार्यक्रममा सहभागी भईन् । आफुले चलचित्रका लागि नभएर मिडियाको लागि वजन घटाएको उनको भनाई थियो ।
soonam-hot
सोनमले घटाइन् ३० किलो
अनिल कपुरकी छोरी सोनम कपुर अहिले स्लिम हिरोइनको रुपमा चिनिन्छिन् । सोनमले पनि ३० किलो वजन घटाएर मात्रै आफुलाई स्लिमको सूचीमा राख्न सफल भएकी थिइन् । कुनै वेला सोनमको वजन ८६ किलो थियो ।
aliya-hot
१६ किलो घटाइन् आलियाले
आलिया भट्टको अहिलेको तस्विर हेर्दा उनी मोटी भएको अनुमान समेत गर्न सकिँदैन । उनको सुन्दरता यस्तो चुस्त छ । तस्बिर हेर्दा लाग्छ, उनले कहिल्यै मोटाउनु र दुब्लाउनु परेन । उनले पनि चलचित्रमा आउनकै लागि १६ किलो वजन घटाएकी थिइन् ।
sonaxi-fat-and-slim
३० किलो घटाइन सोनाक्षीले
अहिले निकै छरिती ढंगमा प्रस्तुत हुने गरेकी सोनाक्षी सिन्हा चलचित्रमा आउनुअघि निकै मोटी थिईन् । उनले पनि आफ्नो ३० किलो वजन घटाएकी थिइन् ।

चलचित्र ‘दबंग’बाट करिअर सुरु गरेपछि डाइटमा निकै ध्यान दिएकी थिइन् । चलचित्रमा आउनुअघि जिमसँग टाढा रहन चाहने सोनाक्षीले आफ्नो लुक्स ग्ल्यामरस बनाउनका लागि घरमै एक्सरसाइजका सामग्री जुटाएकी थिइन् ।
pareeniti-hot
परिणिती मोटी
‘लेडिज भर्सेज रिकी बेहल’ रिलिजपछि परिणीति चोपडाको मोटो ज्यानको धेरैले आलोचना गरे । त्यसपछि उनले पनि आफ्नो शरीर सन्तुलनमा ध्यान दिईन् ।

उनले कती किलो वजन घटाइन् मिडियालाई कुनै जानकारी दिएकी छैनन् । यती कुरा पक्का हो कि ‘इश्कजाँदे’ प्रदर्शन हुँदा उनको शरीर छरितो भएको प्रष्ट देखिन्थ्यो ।
kareena-hot
जीरो फिगर क्विन
चलचित्र ‘रिफ्युजी’ मा काम गर्दा जस्तो थियो अहिले पनि उस्तै छ करिना कपुरको ज्यान । उनलाई जिरो फिगरको आवश्यकता थियो । थोरै वेट घटाएर जिरो फिगर बनाएकी थिईन् ।
arjun-kapoor
६८ किलो घटाए अर्जुनले
अर्जुन कपुरको वजन कुनै वेला १७० किलो थियो । चलचित्रमा काम गर्नका लागि भन्दै उनले आफ्नो ६८ किलो वजन घटाएका थिए । उनलाई वजन घटाउन सलमान खानले सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment