+
+
Shares

दुई-चार मन्त्री र नेतालाई कारबाही नगरेसम्म एमाओवादी सुध्रिँदैनः गजुरेल

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २७ गते १२:१३

Haribol-Gajurel-at-Pokhara

२७ मंसिर, काठमाडौं । कृषिमन्त्री हरिबोल गजुरेलले दुई-चार मन्त्री र नेतालाई कारबाही नगरेसम्म एमाओवादी नसुध्रने बताएका छन् ।

पोखरामा आइतबार पत्रकारहरुसँग कुरा गर्दै एमाओवादी कोषाध्यक्ष समेत रहेका गजुरेलले पार्टी विग्रिएको बताए ।

उनले भने, पार्टी बिग्रिएको छ र सल्यक्रिया गर्नु पर्नेछ । यसका लागि कडाइका साथ नआएसम्म हुन्न ।’

गृहमन्त्री शक्ति बस्नेतले भूकम्प पीडितको नाममा नेताका छोरी नातिनीलाई चीन भ्रमणमा पठाएको भन्दै पार्टीभित्र चर्को ओलाचना भइरहेको छ । साथै सरकारमा सहभागी मन्त्रीहरुको काम कारबाही सन्तोषजनक नभएको भन्दै स्थायी समितिमा समिक्षा भइरहेको छ ।

मन्त्री गुरेजलले भने नातावाद र कृपावाद पञ्चायतकालदेखि कै रोग भएको र त्यो अहिले पनि सबै पार्टीमा रहेको बताए ।

देशले चरम सङ्कट भोगेका बेला अहिलेको सरकारको विकल्पमा अर्को सरकार बन्न नसक्ने भन्दै गजुरेलले यसै सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको भए मुलुकले भोगिरहेको सङ्कट छिटो समाधान हुने थियो भन्ने अशा व्यक्त गरेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?