+
+

पुनर्निर्माण र संविधान संशोधन विधेयक एकैसाथ लैजाने कांग्रेस प्रस्ताव मधेसी मोर्चाले मानेन

२७ मंसिर, काठमाडौं । पुनर्निर्माणसँगै संविधान संशोधन विधेयक लैजाने नेपाली कांग्रेसको प्रस्ताव मधेसी मोर्चाले अस्वीकार गरेको छ ।

आइतबार कांग्रेस र मधेसी मोर्चामा आवद्ध तमलोपाका शीर्ष नेताहरुबीच वार्ता भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २७ गते १२:२०

Mahantha-Thakur

  • बैठकबाट बाहिरिँदै तमलोपा अध्यक्ष महन्थ ठाकुर

२७ मंसिर, काठमाडौं । पुनर्निर्माणसँगै संविधान संशोधन विधेयक लैजाने नेपाली कांग्रेसको प्रस्ताव मधेसी मोर्चाले अस्वीकार गरेको छ ।

आइतबार कांग्रेस र मधेसी मोर्चामा आवद्ध तमलोपाका शीर्ष नेताहरुबीच वार्ता भएको थियो । कांग्रेस सभापति सुशील कोइरालाको निवासमा भएको वार्तामा कांग्रेसले पुनर्निर्माण र संविधान संशोधन विधेयक एकैसाथ लैजान प्रस्ताव गरेको थियो ।

तर, तमलोपाका नेताहरुले कांग्रेसको प्रस्ताव अस्वीकार गरेका छन् । अब साढे १ बजे त्रिपक्षीय वार्ता हुँदैछ ।

लगातार संसद अवरुद्ध पार्दै आएको मधेसी मोर्चाले पुनर्निर्माण विधेयकको प्रक्रिया अघि बढ्न दिन बिहीबार नै सहमति जनाएको थियो । तर, कांग्रेस सहमतिमा २ घन्टा पनि टिक्न सकेन र संविधान संशोधन विधेयक पनि सँगै ल्याउनु पर्ने माग गर्दै संसद अवरुद्ध गर्‍यो ।

कांग्रेसले कार्यसूचीमा राखिसकेको संविधान संशोधन विधेयकलाई हटाउनुको कारण मागेको छ । र, उसले पुनर्निर्माणसँगै संविधान संशोधन विधेयक संसदमा टेबल गर्नु पर्ने माग गरेको छ ।

तर, मधेसी मोर्चाले भने कांग्रेस नेतृत्वको अघिल्लो सरकारले ल्याएको संविधान संशोधन विधेयक स्वीकार्य नभएको बताएको छ । पुनर्निर्माण विधेयकमा भने सघाउने बताएको छ । उसले दुबै विधेयक एकैसाथ ल्याए सदन चल्न नदिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?