+

रियल मड्रिड भिल्लारियलसँग पराजित, ५ अंकले पछाडि

२०७२ मंसिर  २८ गते ६:३१ २०७२ मंसिर २८ गते ६:३१
रियल मड्रिड भिल्लारियलसँग पराजित, ५ अंकले पछाडि

Soldado

२८ वैशाख, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड भिल्लारियलसँग पराजित भएको छ ।

आइतबार राति भएको खेलमा भिल्लारियलले रियल मड्रिडलाई १–० गोल अन्तरले पराजित गरेको हो । हारसँगै रियल मड्रिड लिग लिडर बार्सिलोनाभन्दा ५ अंकले पछाडि नै रहेको छ ।

घरेलु मैदानमा भएको खेलमा भिल्लारियलले आठौं मिनेटमा नै सोल्डाडोको गोलबाट अग्रता लिएको थियो ।

रियल मड्रिडले खेलमा प्रयास गरेपनि सम्भव भएन । दोस्रो हाफमा क्रिष्टियानो रोनाल्डोको प्रहारले सहि दिशा लिन सकेन ।

हारपछि रियल मड्रिड १५ खेलाबाट ३० अंकका साथ तेस्रो स्थानमा छ भने लिग लिडर बार्सिलोना र दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको समान ३५ अंक छ ।

भिल्लारियल भने २७ अंकसहित चौथो स्थानमा छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय