+

जितसँगै एथ्लेटिको मड्रिडले बार्सिलोनासँग अंक बराबरी गर्‍यो

२०७२ मंसिर  २८ गते ६:५५ २०७२ मंसिर २८ गते ६:५५
जितसँगै एथ्लेटिको मड्रिडले बार्सिलोनासँग अंक बराबरी गर्‍यो

Antoine Griezmann

२८ मंसिर, काठमाडौं । एथ्लेटिको बिल्बाओलाई पराजित गर्दै एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोनासँग अंक बराबरी गरेको छ ।

आइतबार राति भएको खेलमा एथ्लेटिको मडि्रडले बिल्बाओलाई २-१ गोल अन्तरले पराजित गरेको हो । अघिल्लो दिन बार्सिलोना डिपोर्टिभोसँग बराबरीमा रोकिएको थियो, जसको फाइदा एथ्लेटिको मड्रिडले उठाएको छ ।

एथ्लेटिको मडि्रडको घरेलु मैदानमा भएको खेलमा बिल्बाओले २७ औं मिनेटमा आइमारिक लापार्टेको गोलबाट सुरुवाति अग्रता लिएको थियो ।

तर, पहिलो हाफको अन्तिममा एथ्लेटिको मड्रिडले बराबरी गोल फर्कायो । सोल निगेजले गोल गरे । ६७ मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै घरेलु टोलीलाई २-१ को अग्रता दिलाए ।

खेलमा थप गोल हुन सकेन र एथ्लेटिको मड्रिड विजयी भएको छ । जितसँगै उसले लिग लिडरसँग बार्सिलोनासँग अंक बराबरी गरेको छ ।

१५ खेलबाट दुबै टीमको ३५ अंक भएको छ । गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष र एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय