+

आरोजीले लिभरपुललाई हारबाट जोगाए, एन्फिल्डमा क्लोपको सेलिब्रेसन

२०७२ मंसिर  २८ गते ७:२२ २०७२ मंसिर २८ गते ७:२२
आरोजीले लिभरपुललाई हारबाट जोगाए, एन्फिल्डमा क्लोपको सेलिब्रेसन

Liverpool

२८ मंसिर, काठमाडौं । डिभोक ओरिजीको अतिरिक्त समयको गोलको मदतमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा वेष्टब्रोमसँग बराबरी खेलेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुल र वेष्टब्रोमले २-२ को बराबरी खेल्दै अंक बाँडेका हुन् । घरेलु मैदानमा हारिसकेको खेललाई बराबरी गरेपछि लिभरपुलका प्रशिक्षक र खेलाडीहरुले निकै खुसी मनाएका छन् ।

एन्फिल्डमा भएको खेलमा लिभरपुलले २१ औं मिनेटमा हेन्डरसनको गोलबाट अग्रता लिएको थियो । तर, ३० औं मिनेटमा क्रेग डोसनले बराबरी गोल फर्काए र पहिलो हाफ बराबरीमा सकियो ।

दोस्रो हाफमा वेष्टब्रोमले अग्रता लियो । उसका लागि ७३ औं मिनेटमा जोनस ओल्सनले गोल गरे । ७९ औं मिनेटमा लाभ्रेनको स्थानमा ओरिजी मैदान प्रवेश गरे ।

लगातार वेष्टब्रोममाथि दबाव कायम राखेको लिभरपुलका लागि ओरिजीले अतिरिक्त समयमा गोल गरे र टीमलाई हारबाट जोगाए ।

खेल सकिए लगतै लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले टीमका सबै सदस्यलाई मैदानमा बोलाए र खुसी मनाएका छन् । यो सेलिब्रेसन कुनै उपाधि जिते भन्दा कम थिएन । क्लोपले भने एन्फिल्डको माहौल निकै निकै राम्रो रहेकाले समर्थकहरुलाई धन्यवाद दिन सेलिब्रेसन गरेको बताएका छन् ।

बराबरीसँगै लिभरपुल २४ अंकसहित नवौं स्थानमा छ र शीर्ष चारका लागि पाँच अंकले पछाडि छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय