+
+

पहिरनका बारेमा सजग निखिल र अशिष्मा

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २९ गते १२:०७

nikhil-ashisma
कलाकार भैसकेपछि सार्वजनिक कार्यक्रममा पुग्दा पहिरनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । तर, नायक निखिल उप्रेतीलाई कुनै समय पहिरनको बारेमा खासै जानकारी थिएन । उनी सार्वजनिक कार्यक्रममा पुग्दा पहिरनलाई ध्यान दिदैनथ्य ।

तर, अहिले उनले पहिरनका बिषयमा आफु सजग हुन थालेको बताए । स्वदेशी तथा विदेशी ब्राण्डका पहिरन तथा सेरवानीका लुगासहित नयाँ फेसन पसल ‘कपास फेसन’को उद्घाटन गर्न पुगेका निखिलले यस्तो बताएका हुन् । काठमाण्डौको नयाँ बानेश्वरमा खुलेको पसलको निखिलले नायिका अशिष्मा नकर्मीसँग मिलेर उद्घाटन गरे ।

नायिका अशिष्मा नकर्मीले फेसनप्रति आफू संवेदनशिल भएको भन्दै आफ्नो छनोट र आफैले डिजाइन गरेका पहिरन लगाउने गरेको बताइन् । सार्वजनिक कार्यक्रममा पुग्दा पहिरनमा ध्यान नदिएको भन्दै नेपाली कलाकारको चर्को आलोचना हुने गरेको छ । निखिल र अशिष्माले आफूहरु यो बिषयमा सधै नै सजग हुने गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?