+
+

सलमानका कारण मलाई भाइको अभाव महशुश हुँदैनः साहरुख खान

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २९ गते १२:१५

srk-and-salman
बलिउड सुपरस्टार नायक साहरुख खानले आफ्नो दाजुभाई नभएपनि एक्लो महसुस नभएको बताएका छन् । ५० बर्षका यी नायकले अर्का ५० बर्षका नायक सलमान खानलाई ‘भाई’ भन्दै सम्बोधन गरेका छन् । ‘सलमान नै मेरो असली भाई हुन्, उनले भने ।

करिब ७ बर्ष लामो बोलचाल बन्दपछि अहिले साहरुख-सलमान एक अर्काको प्रशंसामा केन्दि्रत छन् । साहरुख अभिनित पछिल्लो चलचित्र ‘दिलवाले’ को प्रमोशनमा सलमानले साथ दिंदै आएका छन् ।

त्यसो त सलमान अभिनित चलचित्र ‘बजरंगी भाइजान’को पहिलो पोष्टर साहरुखले सार्वजनिक गरेका थिए । साहरुख सलमानको पछिल्लो समय देखिएको सुमधुरलाई धेरैले सुखद रहेको अनुमान गरिरहँदा कतिवेला उनीहरुको वोलचाल बन्द हुने हो कि भनेर चिन्ता पनि गरेका छन् ।

किनकी बलिउड सुपरस्टारहरुलाई झगडा गर्नका लागि खास कारण चाहिदैन । सलमान र साहरुख ‘बीग बोस’मा पनि पहिलो पटक देखिदैछन् । साहरुख आफ्नो चलचित्र ‘दिलवाले’को प्रमोशनका लागि सलमानले संचालन गर्दै आएको चर्चित रियालिटी शो ‘बिग बोस’को सेटमा जादैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?