+
+

आर्यनलाई नाकाबन्दीले छोयो कि हुस्सुले ?

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २९ गते १४:५७

aaryan-in-chulho
हुनत, अहिले भारतले गरेको अघोषित नाकाबन्दीका कारण देशभर ग्यासको अभाव छ । ग्यास अभावका कारण नेपालीहरु दाउरामा खान पकाइरहेका छन् ।

नेपाली चलचित्रका चर्चित नायक आर्यन सिग्देललाई पनि नाकाबन्दीले छोएको छ । नाकाबन्दीका कारण ग्यास अभाव भएपछि आर्यन आगो बालेर आफै खाना पकाउँदैछन् ।

हुस्सु लगाएको चिसो बिहानमा आगोमा पकाएको खाना कती मिठो हुन्छ भनेर आफूले बयान गर्न नसक्ने आर्यनको भनाई छ । चलचित्रको छायांकनको समयमा सेटमा नै खाना खाने भएकाले पनि नेपाली कलाकारलाई नाकाबन्दीको असर खासै परेको छैन । तर, ‘क्लासिक’ चलचित्रको छायांकन  सकिएपछि आर्यनले घरमा समय दिन भ्याएका छन् । जसका कारण पनि आर्यन चुल्होमा खाना पकाएर त्यसमै आनन्द लिइरहेका छन् ।aaryan-in-chulo-ma-vat
आर्यन जस्तै थुप्रै कलाकार अहिले नाकाबन्दीका कारण दाउरा बालेर आगोमा खाना पकाइरहेका छन् भने केही कलाकार पेट्रोलको लाइनमा बसेर तेल हालिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?