+
+

स्टेजमा नाच्दा नाच्दै आलियाको हात जल्यो

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १ गते ११:०९

aliya-bhatta
स्टेजमा नाच्ने क्रममा पटाका पड्काउादा बलिउड नायिका आलिया भट्टको हात जलेको छ । मुम्बईमा सम्पन्न ‘बिग स्टार इन्टरटेनमेन्ट अवार्ड’मा स्टेज प्रस्तुती दिदै गर्दा पड्काइएको पटाकाले आलियाको हात जलेको होे ।

पटाकाको छर्राले उनको अनुहारमा समेत चोट लागेको केही भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई चोट लाग्ने बित्तिकै स्टेज पछाडि लगेर प्रारम्भिक उपचार गरिएको थियो । आलिया अहिले सिद्धार्थ कपुरको साथमा ‘कपुर एन्ड सन्स’को सुटिङमा ब्यस्त छिन् ।

केही दिन अघि नायिका बिपाशा बसुको पनि हेयर स्टाईलिसको गड्बडीका कारण अनुहार जलेको थियो । विपाशाले आफ्नो अनुहार जलेको तस्बिर ट्वीटरमा पोष्ट गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?