Comments Add Comment

संविधानको भ्रम चिर्न मधेस जाँदा १४ प्रश्नको जवाफ पनि लैजानुस्

अधिवक्ता दिपेन्द्र झा

Dipendra Jhaसरकारले संविधानबारे जनतामा रहेको भ्रम चिर्न भन्दै अभियान चलाएको छ । १८ दिनमा १५ वटा जिल्लामा अभियान सम्पन्न भएको सरकारले बताएको छ ।

मधेसका केही जिल्लामा कार्यक्रम भएपछि आन्दोलन भइरहेको जिल्लाहरुका भएको देखिँदैन ।

मधेसमा संविधानबारे भ्रम छ भन्ने लागेको हो भने भ्रम चिर्न १४ यक्षप्रश्नको जवाफ पनि लैजानु उपयुक्त होला ।

१. प्रस्तावनामा जनआन्दोलन र शसस्त्र संघर्ष राखेको तर, संघीयता जन्माउने मधेस आन्दोलन किन नराखेको ?

२. प्रस्तावनामा समानुपातिक समावेशी राज्य हुनु पर्ने ठाउँमा राज्य झिकेर समाज किन राखेको ?

३. अन्तरिम संविधान २०६३ ले मौलिक हकमा भएको राज्यको हरेक अंगमा समानुपातिक समावेशीको हक किन झिकेको ? (धारा ४२)

४. मधेस आन्दोलनबाट प्राप्त अन्तरिम संविधानले ग्यारेन्टी गरेको मधेसका जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको हक किन झिकेको ? )(धारा ८४ र २८६)

५. भन्ने बेलामा बुवा वा आमा कुनै एउटाको नामबाट नागरिकता लिनेछ तर जन्मसिद्धले बंशज नागरिकता लिँदा बुवा र आमा दुवैको अभिवार्य किन गरेको ? (धारा ११-३)

६. विदेशसँग विवाह गर्ने महिलाको हकमा लैंगिक विभेद हुने गरी तिनका सन्तानले अंगिकृत नागरिकता पाउने प्रावधान किन राखेको ?

७. २०४७ र अन्तरिम संविधान भन्दा पनि पश्चगामी हुने धारा २८९ पदाधिकारीको नागरिकतामा जन्मसिद्ध र बैवाहिक अंगिकृत समेतलाई लामो सूची पदमा कहिले जान नपाउने गरी किन बार लगाएको ? पहिलाको संविधानमा नभएको अहिले राख्नु पर्ने कारण के हो ? जन्मसिद्ध समेत राक्नु कति जायज हो ।

८. राष्ट्रिय सभामा ५० लाख हुने प्रदेशको पनि ८ जना सदस्य र ४० लाख हुने प्रदेशको पनि ८ जना किन राखेको ? अमेरिकन पद्धती अपानाएको हो भने प्रदेशलाई स्वायतत्ता पनि अमेरिका जस्तै दिने की ?

९. स्थानीय निकायको संरचना र कानून बनाउने अधिकार प्रदेशलाई नदिएर संघलाई किन दिएको ? (धारा ५६ (४) र (५))

१०. २ नं. प्रदेश बाहेक बाँकी ६ वटा प्रदेशमा एउटै समुदाय (खशआर्य)को वर्चस्व हुने गरी सिमांकन किन गरेको ? (अनुसुची ४)

११. मधेसको जनसंख्कीय घनत्व टुट्ने गरी ५ टुक्रामा मधेसी थारुलाई किन बाँडेको ?

१२. राज्यको सबै निकायमा समावेशी हुने हो भने न्यायालयको भागमा समावेशी किन नराखेको ? के न्यायापालिका राज्यको अंग होइन ? हो भने किन समावेशीवाट किन अछुतो राखेको?

१३. संविधानमा अन्य कुनै समुदायको परिभाषा नरखी खशआर्यको परिभाषा मात्र किन राखेको ? के यो संविधान एक समुदायको मात्र हो ? (धारा ८२ (२) स्पष्टीकरण) होइन भने परिभाषा राख्ने हो भने सवैको राख्नु पर्ने हो नी ?

१४. न्यायपालिकामा न्यायाधीश नियुक्तिमा वा न्यायपालिकाको कुनै पनि कार्यमा प्रादेशिक सरकारको कुनै भू्मिका नदिनुको कारण के हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment