+
+
Shares

हत्या गरी फालिएको अवस्थामा बालाजुमा शव फेला

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ११ गते ९:१३

११ पुस, काठमाडौं । काठमाडौंको बालाजुको नेपालटारस्थित विष्णुमति खोलाको किनारमा एक वेवारिसे शव फेला परेको छ ।

नेपालटारस्थित नेपाली सेनाको एक नम्बर बाहिनी नजिकै विष्णुमति खोलाको किनारमा हत्या गरी फालिएको अवस्थामा शव फेला परेको हो ।

शव रहेको वरपर रगत लत्पत्एिको छ । ढुंगा प्रहार गरी हत्या गरिएको हुनसक्ने प्रहरीको आशंका छ ।

अन्दाजी ३० वर्षको जस्तो देखिने युवक शुक्रबार क्रिसमस मनाएर राति घर फर्कने क्रममा आपसी विवाद भएर हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ ।

केहीबेर अघि घटनास्थलमा पुगेको प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?