Comments Add Comment

माथिल्लो कर्णाली जलविद्युत आयोजनाका लागि युरोपेली बैंकबाट लगानी ल्याउने तयारी

Uper-Karnali-Hydro
२९ पुस, काठमाडौं । प्रस्तावित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रबर्द्धक जीएमआर इनर्जी लिमिटेड (भारत)ले युरोपेली बैंकबाट लगानी ल्याउने तयारी गरेको छ ।

साझेदार विश्व बैंक अन्तर्गत अन्तर्राष्ट्रिय बित्त निगम (आईएफसी) को अगुवाइमा युरोपेली बैंकबाट ऋण लिन जीएमआरले प्रक्रिया थालेको हो । यसले ८० अर्बदेखि एक खर्ब रुपैयाँसम्म लगानी ल्याउन युरोपको प्रतिष्ठित बैंकमा प्रस्ताव गरेको लगानी बोर्ड स्रोतले जनाएको कारोबार दैनिकमा खबर छ ।

यद्यपि उसले बैंकको नाम भने खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment