Comments Add Comment

बुङ्मतीबाट सुरू भयो भूकम्पले भत्किएका सम्पदा पुनर्निर्माण

Bungmati-recontruction

२ माघ, काठमाडौं । भूकम्पले भत्किएका सांस्कतिक सम्पदाहरूको पुनर्निर्माण ललितपुरको बुङ्मतीबाटब सुरू भएको छ । पुनःनिर्माण महाअभियान अन्तरगत सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण  रातो मच्छिन्द्रनाथ मन्दिर परिसरबाट प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरे ।

उनले पुरातत्व विभागको मापदण्ड, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक तथा युएन ह्याबिट्याटको प्राविधिक सहयोगमा कला एवम् संस्कृति पुरानै झल्किनेगरी भूकम्प प्रतिरोधी भवन निर्माण गरिने जानकारी दिए ।

‘भूकम्पप्रतिरोधी संरचना निर्माणमा छिटो ध्यान दिने, यसरी निर्माण गरिएका संरचनाको वरपर खुला स्थानको व्यवस्था गर्ने, आउन सक्ने प्रकोपको पूर्वतयारी गर्ने र पुनःनिर्माणका लागि डिजाइन एवम् प्राविधिक सहयोग उपलब्ध गराउनेतर्फ सरकारले गतिका साथ काम गर्नेछ, उनले भने ।

१२ देखि २२ सेकेन्ड अगाडि भूकम्प आउने सूचना दिने प्रविधि जडानमा पनि सरकारले ध्यान दिने प्रतिबद्धता प्रधानमन्त्री ओलीको थियो ।

पुनःनिर्माण महाअभियानलाई वैशाख १२ सम्म एउटा चरणमा पुर्याउने सरकारको तयारी छ । भूकम्पपछिको पुनःनिर्माणमा भ्रष्टाचार हुन नदिइ तीव्रगतिमा काम अघि बढाउन अनुगमनलाई प्रभावकारी बनाइने पनि प्रधानमन्त्रीले बताएका छन् ।

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले पुनःनिर्माणको अभियानमा संविधान बनाउन एकजुट भएजस्तै ठूला दलका शीर्ष नेताको एकताको खाँचो भएको औँल्याए । ‘राजनीतिक मुद्दा एक ठाउँमा थन्क्याएर भूकम्पपछिको पुनःनिर्माणमा सबै दलको एकता आवश्यक छ, अन्य विषयमा जस्तो पुनःनिर्माणमा सानासाना कुरामा बखेडा निकालिनुहुन्न’ उनले भने ।

गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पबाट क्षतविक्षत भएका भवनसँगै संरचनाको पनि पुनःनिर्माण गरिनुपर्नेमा जोड दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले एक हजार ५०० वर्षअघिको सांस्कृतिक वैभव, धरोहर, कला र संस्कृति नयाँ बनेपनि उहीरुपमा उतारिने बताए । “यस स्थलको पुनःनिर्माण २१ महिनामा सक्ने श्रीलङ्का सरकारसँग सहमति भएको छ, पैसाका कारणले काम रोकिँदैन, उनले भने, पुरातत्व विभागका इन्जिनियरले कोरेको खाकामा स्थानीयले अपनत्व लिने गरी यो सम्पदा पुनःनिर्माण गरिनुपर्छ ।’

शान्ति तथा पुनःनिर्माण मन्त्री एकनाथ ढकालले पुनःनिर्माणमा मन्त्रालयले रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री ओलीको उपस्थितिमा कार्यविनायक नगरपालिकाका कार्यकारी अधिकृत रोहित पोखरेल, बुङ्गमती पुनःनिर्माण समितिका संयोजक प्रेमभक्त महर्जन र युएन ह्याबिट्याटका पद्मसुन्दर जोशीले रातो मच्छेन्द्रनाथ परिसरका सांस्कृतिक सम्पदा पुनःनिर्माणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरे ।

वैशाख १२ गतेको भूकम्पले वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको बुङ्गमतीस्थित सम्पदा क्षेत्रका मठमन्दिर ध्वस्त भएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment