Comments Add Comment

नेपालगञ्जका नापी सर्वेक्षक १ लाख घुससहित पक्राऊ

Akhtiyar

आरपी सुवेदी
३ माघ, नेपालगन्ज । नापी कार्यालय बाँकेका सर्वेक्षक जीवच्छ यादव घुससहित रंगेहात पक्राउ परेका छन् । गाउँ ब्लकको जग्गाको कित्ताकाट गरी लालपूर्जा बनाइदिने बहानामा उनले घुस लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतको सम्पर्क कार्यालय कोहलपुरको टोलीले यादवलाई एक लाख रुपैयाँ घुुससहित आइतबार पक्रेको हो ।

अख्तियारको सम्पर्क कार्यालय कोहलपुर प्रमुख तथा प्रहरी उपरिक्षक दिपक थापाले दिएको जानकारीअनुसार यादवले सेवाग्राहीको साथबाट एक हजार दरका एक सय थान रुपैयाँ लिएर पुरानो मालपोत र जिल्ला अदालतको गल्ली हुँदै बाँकेगाउँ जाँदै गर्दा टोलीले नियन्त्रणमा लिएको हो । उनी १ नम्बर नापी टोलीका सर्वेक्षक हुन् ।

यादवले नेपालगन्ज उपमहानगरपालिका-७ मा रहेको गाउँब्लकको जग्गाको कित्ताकाट गरी लालपूर्जा दिन आलटाल गर्दै आएको र सेवाग्राहीबाट रकम मागेको उजुरी अख्तियारमा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment