+
+
Shares

एमाले र मधेसी मोर्चाको हठले रंगेलीमा हिंसात्मक झडप, तीनको मृत्यु

७ माघ, मोरङ । केही दिनदेखि तनावगूस्त मोरङको रंगेलीमा बिहीबार हिंसात्मक झडप भएको छ । झडपमा परी दुई महिनासहित तीन जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।

एमालेसम्वद्ध युवा संघको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली जाने भनेपछि रंगेलीमा तनाव सुरु भएको थियो । मधेसी मोर्चाले रंगेली क्षेत्रमा बन्द आहृवान गर्दै लगातार प्रदर्शन गरेपछि रंगेली तनावग्रस्त भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ ७ गते २३:१३

Rangali-Death

ध्रुव भट्टराई

७ माघ, मोरङ । केही दिनदेखि तनावग्रस्त मोरङको रंगेलीमा बिहीबार हिंसात्मक झडप हुँदा तीन जनाको मृत्यु भएको छ ।

यो घटनाका लागि एमाले र मधेसी मोर्चाको हठलाई जिम्मेवार मानिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आउने खबर पाएपछि मधेसी मोर्चाले रंगेली केन्द्रीत आन्दोलन सुरु गरेको थियो ।

तनाव निकै बढेपछि स्थानीय प्रशासनले बुधबार नै सर्वदलीय बैठक गरेर एमालेसम्वद्ध युवा संघलाई कार्यक्रम नगर्न आग्रह गरेको थियो । एमालेले कार्यक्रम रोक्न नमानेपछि अन्य दलहरुल मधेसी मोर्चालाई अवरोध नगर्न आग्रह गरे ।

तर, एमाले र मधेसी मोर्चाको हठ छाडेनन्, परिणाम बिहीबार हिंसात्मक झडप भयो र तीन जनाको ज्यान गयो ।

यसरी भयो झडप

एमालेको सभामा प्रधानमन्त्री केपी शर्मा ओली त गएनन् । एमाले महासचिव ईश्वर पोखरेल पुगेका थिए । तर, कार्यक्रम हुन नदिने भन्दै मधेसी मोर्चाका कार्यकर्ता विहानैबाट जम्मा भएका थिए ।

भालासहितका घरेलु हतियार बोकेका मोर्चाका कार्यकर्ता पानी ट्यांकीदेखि बसपार्क तर्फको बाटोमा जम्मा भए । उनीहरु कार्यक्रम स्थलतर्फ बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास हान्नुका साथै हवाइ गर्‍यो ।

तर, मोर्चाका कार्यकर्ता नरोकिएपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले झण्डै ४० राउण्ड गोली चलाएको छ । रंगेलीमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर ५८ वषर्ीया द्रोपतीदेवी चौधरीको मृत्यु भएको छ । उनी रंगेली ४ की हुन् ।

यसैगरी डाइनियामा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर १८ वर्षकी चिबु माझीको मृत्यु भएको छ । यस्तै महादेव ऋषिदेवको पनि मृत्यु भएको छ ।

झडपका क्रममा खुकुरी समेत प्रहार भएको भेटिएको छ ।  खुकुरी प्रहारबाट घाइते भएका ५ जनालाई गोल्डेन अस्पताल पुर्‍याइएको थियो ।

कर्फ्यू आदेश जारी

घटनापछि स्थानीय प्रशासनले रंगेलीमा कर्फ्यू आदेश जारी गरेको छ ।रंगेलीको पूर्वतर्फ सात किलोमिटरमा पर्ने बक्रा खोला र पश्चिममा ५ सय मिटर सम्मको क्षेत्रमा कर्फ्यू लगाइएको हो । प्रशासनले राजमार्ग क्षेत्रमा पनि कर्फ्यू लगाएको छ ।
रंगेलीको घटनापछि आक्रोशित मोर्चाका कार्यकर्ताले भने डाइनिया प्रहरी चौकीमा आगजनी गरेका छन् । यस्तै प्रर्दशनकारीले रंगेलीमा भएको एमालेको सभामा सहभागी भएर फर्किादै गरेको बसमा बडंगा भन्ने स्थानमा आगजनी गरेका छन् ।

दोषी एमाले र मधेसी मोर्चा !

काठमाडौंमा वार्ता चलिरहँदा युवा संघले रंगेलीमा कार्यक्रम राखेको थियो । तर, यसलाई अनावश्यक प्रचार गरियो । प्रधानमन्त्री केपी शर्मा ओली जाने भनेर मधेसी मोर्चालाई उत्तेजित पार्ने प्रयासहरु पनि थिए ।

यसले एमालेले निहुँ खोज्न चाहेको जस्तो देखियो । अरु दललाई मधेसमा कार्यक्रम नै गर्न नदिने र देशको प्रधानमन्त्रीलाई आउनै नदिने भन्दै आन्दोलन गर्ने मसी मोर्चाको कदम त्यही स्तरको देखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?