Comments Add Comment

बिहीबारको टप १० समाचारः विश्वकपमा नेपालको जितदेखि दिल्लीमा दिल्लीलाई प्रश्नः नेपालका विखण्डनकारीलाई स्वागतसम्म

आज बिहीबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

१. विश्वकपमा नेपालको पहिलो जित, न्यूजिल्याण्ड स्तब्ध

U-19-Cricket-Team--1

नेपालले अन्डर- १९ विश्वकपमा शक्तिशाली न्यूजिल्याण्डलाई पराजित गर्दै सनसनिपूर्ण नतिजा निकालेको छ । बंगलादेशमा भएको खेलमा टेस्ट खेल्ने राष्ट्र न्यूजिल्याण्डलाई नेपालले ३२ रनले पराजित गरेको हो ।

 २. दिल्लीलाई प्रश्नः नेपालका विखण्डनकारीलाई किन स्वागत गरेको ?

असोज ३ गते नेपालमा नयाँ संविधान घोषणा भएपछि मधेस आन्दोलनलाई मलजल गर्दै नाकाबन्दी गरेको भारतमाथि ‘बिखण्डनकारी’लाई रातो कार्पेट बिछ्याएको आरोप लागेको छ ।यो आरोप यस्तो बेलामा लागेको छ, जतिबेला भारतकै सिफारिसअनुसार नेपालको संसदले संविधान संसोधन गरेको छ र त्यसप्रति भारतले औपचारिक स्वागत गरिसकेको छ ।

३. पार्टीका विद्यार्थी नेतासित भागिन् विप्लवकी छोरी

विप्लव माओवादीका अध्यक्ष नेत्रविक्रम चन्दकी एक्ली छोरी सञ्जु चन्दले कलिलै उमेरमा बिहे गरेकी छिन् । तस्वीर हेर्दा मागि विहेजस्तो देखिन्छ, तर उनले ‘परिवारको सहमति बेगर’ भागेर विहे गरेकी हुन् ।

४. खुमबहादुरको गुनासोः कांग्रेसमा पैसाको चलखेल बढ्यो

दिल्लीबाट मृगौला फेरेर स्वदेश फर्केका कांग्रेस नेता खुमबहादुर खड्काले डाक्टरको सल्लाह विपरीत आफ्नो निवासमा भीडभाड बढाएका छन् ।मास्क लगाएर कार्यकर्तासमक्ष प्रस्तुत हुने गरेका खड्का आगामी महाधिवेशनमा शेरबहादुर देउवासँग मिलेर उपसभापति वा महामन्त्रीमध्ये एउटा पद हत्याउने रणनीतिमा लागेका छन् ।

५. आर्यन र नम्रताको सम्वन्धः मित्रताको सीमाभित्र कि बाहिर ?

यो ‘क्लासिक जोडी’ अहिले अनामनगरस्थिति एउटा गल्लीभित्र रहेको एउटा घरको एउटा कोठाभित्र एउटा सोफामा बसेर एकसाथ मुस्कुराइरहेको छ । नयाँ फिल्म रिलजपूर्वको व्याकुलताका बीच पनि दुवै ‘कुल’ देखिएका छन् । बाहिर मौसम पनि आज ‘कुल’ नै छ ।

६. ‘चर्चित’ हुँदैमा बेलायतले भिसा दिँदैन

नेपालमा विभिन्न पेशा-व्यवसायमा रही नाम चलेका र सरकारका उच्चपदस्थ व्यक्तिहरुले सामान्यतया भन्नेबित्तिकै बेलायतको भिसा पाउने गरेको देखिन्छ । तर, पनि यस्ता ‘मै हुँ’ भन्नेहरुलाई पनि बेलायतले भिसा दिन इन्कार गरेका उदाहरण पनि थुप्रै छन् ।

७. पर्यटनमन्त्रीको प्रस्तावः निजगढ विमानस्थल आफ्नै लगानीमा बनाऔं

भूपरिवेष्ठित मुलुकमा हवाइ सेवा बलियो र भरपर्दो भएन भने मुलुक जतिबेला पनि चेपुवामा पर्न सक्छ । हाम्रो देश कहिले घोषित त कहिले अघोषित नाकाबन्दीको ट्रयापमा परिरहेको छ । हवाइ सेवालाई बलियो, भरपर्दो र विश्वासिलो बनाउन प्रयाप्त मात्रामा विमान उडानुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।

८. क्रिकेटमा पनि देखियो युवाहरुको कमाल

अन्डर-१९ विश्वकपको पहिलो खेलमा नेपाली युवा क्रिकेटरहरुले बलियो न्यूजिल्याण्डलाई स्तब्ध पार्दै जित निकालेका छन् । हालै मात्र युवा खेलाडीहरुकै कारण फुटबलमा प्राप्त सफलताबाट हौसिएका नेपाली खेलप्रेमीहरुका लागि यो अर्को सुखद समाचार हो ।

९ भारतले भन्यो-केपी ओली भारत आउँछन्, नाका खोल्ने शर्त थाहा छैन

भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा आउन खबर पाएको बताएको छ । तर, मिति भने अझै तय भएको छैन ।

१०. दिल्लीको ‘आप’जस्तै दार्जीलिङमा ‘जाप’ जन्मियो

भारतको दार्जीलिङ पहाडमा बुधबारदेखि नयाँ पार्टीको जन्म भएको छ । डा. हर्कबहादुर क्षेत्रीको अध्यक्षता घोषणा गरिएको नयाँ पार्टीको नाम जनआन्दोलन पार्टी (जाप) राखिएको छ ।

र, यो पनि

अनौठो बिहे, दुलही आमा बनेपछि डाक्टर बने जन्ती, बच्चा भयो साक्षी

भारतको पटनास्थित दानापुरमा एक अनौठो बिहेको घटना सार्वजनिक भएको छ । उक्त विवाह अनौठो यसकारण भयो की कुमारी आमाको बिहेमा अस्पतालका डाक्टर तथा नर्सहरु जन्ती बनेका छन् भने कुमारी आमाले जन्माएको शिशुले आफ्नै बाउआमाको बिहे देखेको छ अर्थात् बाउआमाको बिहेमा साक्षी बसेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment