+
+
Shares

नेप्से सूचक १२१६ अंकमा

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १६ गते १२:११

१६ माघ, काठमाडौँ  । यो साता नेप्से परिसूचक सामान्य अंकले घटेर १२१६. ११ अंकमा पुगेको छ । साताभरमा नेपाल स्टक एक्सचेन्जमा १ सय २० कम्पनीका  ३४ लाख ४४ हजार कित्ता सेयर २ अर्ब १८ करोड रूपैयाँमा किनबेच भएका छन् ।

कारोबार रकम गत साताको भन्दा १२ दसमलव ६८ प्रतिशत कम हो । गत साता १ सय ६ कम्पनीका ३७ लाख ५८ हजार कित्ता सेयर २  अर्ब ५० करोड ३७ लाख रुपैयाँमा किनबेच भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.५१ अंकले घटेर अन्तिम दिन १२ सय १६ दशमलव ११ अंकमा पुगेको छ । त्यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा शुन्य दशमलव ६६ अंकले घटेर २ सय ६१ दसमलव ५८ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा सानिमा बैंक अग्रस्थानमा रहेको छ जसको १३ करोड ६७ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ  । त्यसैगरी यस साता सेयर संख्याको आधारमा र कारोबार संख्याको आधारमा पनि सानिमा बैंक अग्रस्थानमा रहेको छ । सानिमा बैंकको ५ सय ८७ वटा कारोबारबाट १ लाख  ९० हजार कित्ता शेयर कारोबार भएको थियो ।

कारोबार रकमको आधारमा साताको उत्कृस्ट ५ कम्पनीहरुमा  सानिमा बैंक संगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पनि पर्न सफल भएको छ जसको ११ करोड ६९ लाख २० हजार रुपैया बराबरको कारोबार भएको छ ।  त्यसैगरी नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयरको १० करोड १२ लाख ५० हजार रुपैया, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९ करोड ३४ लाख ६ हजार रुपैया र ग्लोबल आइएमइ बैंकको ८ करोड ४९ लाख ७० हजार रुपैया बराबरको कारोबार भएको छ ।

यस साता फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ३ लाख कित्ता बोनस शेयर र शिखर इन्स्योरेन्स लिमिटेडको ५ लाख १० हजार ९ सय ८८ कित्ता एफपीओ सेयर सुचिकृत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?