Comments Add Comment

दोहारमा सम्पन्न एकल नृत्य प्रतियोगिताको उपाधि टंक थापालाई

dance-conpitition-2घनश्याम पराजुली/दिलिप पराजुली
दोहा । रिदम कला केन्द्र कतारको आयोजनामा सम्पन्न एकल नृत्य प्रतियोगीताको उपाधि टंक थापाले जितेका छन । १९ जना सहभागी मध्येबाट टंक उत्कृष्ट बनेका हुन् ।

उपाधि बिजेता टंकले १ लाख १ हजार १ सय ११ रुपैया नगद पुरस्कार पाएका छन् । त्यस्तै सन्जु राई दोस्रो स्थान हात पार्दै ५१ हजार १ सय ११ पुरस्कार जितेकी छन् । तेस्रो भएका धर्मेन्द्र कुमार यादबले २५ हजार १ सय ११ पुरस्कार पाए । चार अन्तिम प्रतिस्पर्धीमध्येबाट कमल सुनुवारले सान्त्वना पुरस्कार पाए ।

dance-compitition-1

दोहास्थित सालिमार प्यालेसमा सम्मन्न प्रतियोगिताको निणार्यकमा नृत्य निर्देशक प्रकाश भट्ट र नृत्याङ्गना पार्वती राई रहेका थिए ।

‘हाम्रो कला र सँस्कृतीको जर्गेना गरौ , आफ्नो प्रतिभालाई अगाडी बढाऔ’ भन्ने नाराका साथ सन् २०१४ मा कतारमा स्थापना भएको रिदम कला केन्द्र कतारले आयोजना गरेको प्रतियोगितामा म्यूजिक भिडियो निर्देशक प्रकाश भट्ट र चर्चित मोडल पार्वती राईको प्रस्तुतिले कतारको चिसो मौसमलाई तताएको थियो ।

dance-compitition

उनीहरुले ‘आईलभ यू भन्न जानीयो’ , ‘गलबन्धीको पासोले’ , ‘आखाँ लोभी मन पापी’ जस्ता गीतहरुमा नृत्य प्रस्तुत राखेका थिए ।

प्रतियोगिताको अवसरमा लोकदोहोरी गायिका देबिका केसी, आधुनिक गायिका प्रश्ना शाक्य र चितवन आईडलका रनरअप आधुनिक गायक नबराज श्रेष्ठ लगायतले पनि विभिन्न गीत गाएर दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।

कार्यक्रममा कतारमा बस्दै आएकासुरज बिसीले प्रधानमन्त्री केपी शर्मा ओलीले क्यारिकेचर सहितको हास्यँव्यंग्य प्रस्तुतिले दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।

कार्यक्रममा एनआरएनका प्रतिनिधि तथा एनआरएन कतारका पदाधिकारी र पूर्वपदाधिकारीहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment