Comments Add Comment

मकै मिसन कार्यक्रमका कृषकलाई नगद अनुदान

१९ माघ, मोरङ। जिल्ला कृषि विकास कार्यालय मोरङले मकै मिसन कार्यक्रममा संलग्न कृषकलाई गाउँमै पुगेर नगद अनुदान वितरण गरेको छ । बुधनगर गाविसमा बसेर मकै उत्पादनमा सक्रियतापूर्वक लागिपरेका १ सय २२ कृषकलाई जिल्ला कृषि विकास समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीले बीउ खरिदबापतको प्रतिकेजी ६५ रूपैयाँका दरले अनुदानको रकम सोमबार हस्तान्तरण गरे ।

बीउ खरिद गर्नका लागि वितरकमार्फत अनुदान दिँदा कृषकलाई झन्झट धेरै हुने र लाभ पनि थोरै पाउने भएकाले अधिकतम हितका लागि अनुदानबापतको नगद रकम सोझै कृषकलाई नै हस्तान्तरण गरिएको मोरङका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र उप्रेतीले बताए ।

कृषि विकास कार्यालयका अनुसार उन्नत जातको मकैको खेतीबाट उत्पादन र आम्दानी राम्रो हुन थालेपछि मोरङको बुधनगर, मझारे र भाथिगछ गाविसका सयाैँ कृषक मिसन मकैखेतीतर्फ आकर्षित भइरहेका छन् ।

मकैखेतीका लागि सरकारले पुरस्कारबापतको अनुदान दिएर राम्रो उत्पादन गर्न प्रोत्साहित गरेको बुधनगरका अग्रज कृषक मायानन्द यादवले बताए । बुधनगर गाविसमा मात्र करिब दुई सय बिगाहामा उन्नत जातको मकैखेती हुन थालेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment